ठूलो परिमाणको लागूऔषध सहित पाँच पक्राउ



हाम्रो इकोनोमि

 

चितवन प्रहरीले ठुलो परिमाणको लागूऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ न्यूरोडबाट पक्राउ परेका उनीहरु विरुद्ध आज मुद्धा दर्तागरी अनुसन्धान अगाडि बढाइएको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

 

पक्राउ पर्नेहरुमा नवलपरासी जिल्ला गैडाकोट नग।पालिका १ का २४ वर्षीय किरण जिसी, चितवनको भरतपुर महानगरपालिका वडा नं ३ का २४ वर्षीय बुद्धि गुरुङ,  भरतपुर महानगरपालिका ७ का २१ वर्षीय लालकृष्ण ढकाल, भरतपुर महानगरपालिका वडा नम्बर २ का २६ वर्षीय सलिम मिया र चितवन खैरहनी नगरपालिका वडा नम्बर १ ज्यामिरेका १९ वर्षीय अमृत आचार्य रहेका छन् ।

 

उनीहरुको साथबाट प्रहरीले डाईजेपाम, ११५ एम्पुल, व्युप्रिनर्फिन ११५ एम्पुल, फेनारगन ११५ एम्पुल, नाईट्राजेपाम १ हजार ५४५ ट्यावलेट, स्पास्मो प्रोक्सिभन,४८ क्याप्सुल, फेन्सिडिल, (१०० एमएल)को ११ बोतल बरामद गरिएको ढकालले जानकारी दिए ।

 

चितवनको नारायणगढ स्थित न्युरोडमा साउन २२ गते ना २४ प ११०० नम्बरको मोटरसाईकल चेकजाँच गर्दा लागूऔषध सहित किरण जिसी र बुद्धि गुरुङलाई पक्राउ गरिएको र उनीहरुको बयानका आधारमा लालकृष्ण ढकाल, सलिम मिया र अमृत आचार्यलाँई आज नारायणगढबाट पक्राउ गरिएको हो ।

 

उनीहरु लागु औषधको ओसारपसार, संचय, बिक्रिबितरण तथा सेवनमा समेत संलग्नता रहेको पाईएको प्रहरीले जनाएको छ ।
प्रहरीले गैंडाकोटमा रहेको किरण जिसीको घरमा लुकाई राखेएको अबस्थामा उक्त परिमाणको लागूऔषध बरामद गरिएको प्रहरीद्धारा आज जारी गरिएको सूचनामा उल्लेख छ ।

 

पक्राउ परेकाहरुलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...