‘करोडौं ठगेको उजुरी परेपछि माई इन्भेष्टमेन्ट ग्रुप’का सञ्चालक गजमेर पुर्पक्षका लागि जेल चलान



हाम्रो इकोनोमि

 

 

पब्लिक कम्पनी खोलेर ठगी गरेको आरोपमा पक्राउ परेका ‘माई इन्भेष्टमेन्ट ग्रुप’का अध्यक्ष अनिल गजमेरलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले गजमेरलाई सुन्धारास्थित केन्द्रिय कारागारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

 

काठमाडौंको बालुवाटारस्थित कालिका टावरमा ‘माई इन्भेष्टमेन्ट ग्रुप’ नामक कम्पनी सञ्चालन गरेका गजमेरविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ५ करोड ८७ लाख बिगो दाबीसहित मुद्धा दर्ता गरेको थियो । अदालतको आदेशअनुसार गजमेरलाई थुनामा पठाइएको महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९डिएसपी० मोहन थापाले जानकारी दिएका छन् ।

 

करोडौं ठगेको उजुरी परेपछि काठमाडौं प्रहरीले असार २६ गते उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । गजमेरबिरुद्ध २५ लाख ५२ हजारको बैंकिङ कसुर मुद्धामा अर्को जाहेरी समेत परेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...