सशस्त्र प्रहरीद्वारा भारत लाँदै गरेको डेढ क्विन्टर अवैध मरिच बरामद



हाम्रो इकोनोमि

 

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय महेन्द्रनगरको टोलीले अवैधरूपमा नेपालबाट भारत लैजाने क्रममा ठूलो परिमाणको कालो मरिच बरामद गरेको छ।

नेपालगन्जबाट अवैधरूपमा भारत निकासी गर्न लागिएको दुई क्विन्टल चालिस किलो मरिच सशस्त्र प्रहरीले जमुनहाबाट बरामद गरको हो।

 

ना २ स ७२६ नम्बरको अटोरिक्सामा मरिचको बोरा राखेर भारत लैजान लागेको सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नम्बर ३० गण बाँकेबाट खटिएको टोलीले दशगजा नजिकबाट उक्त मरिच बरामद गरेको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले जानकारी दिए।

 

सशस्त्र प्रहरी सहायक निरीक्षक शेरबहादुर बिसी नेतृत्वको टोलीले बरामद गरेको सामान एक लाख ५६ हजार रुपैयाँ बराबरको भएको उनले बताए। उनले मरिच बोक्न प्रयोग भएको एक लाख मूल्य पर्ने अटोरिक्सासमेत बरामद गरी आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको बताए।

यति ठूलो परिमाणमा कालो मरिच बरामद गरेको सम्भवतः यो पहिलो भएको उनले दावी गरे। चालु आर्थिक वर्ष ०७५र०७६ मा कुखुरा, लत्ताकपडा, मरिच गरी हालसम्म साढे तीन लाख मूल्य बराबरको अवैध सामान बरामद गरिसकेको सशस्त्र प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...