युवा वडाअध्यक्षको विकास मोह



हाम्रो इकोनोमि

धनुषा, ढल्केवर । दिनहुँजसो जनताको घरदैलोमा भेटिन्छन् , मिथिला नगरपालिका वडा नम्वर ४ पुष्पवलपुरका वडाअध्यक्ष विष्णुहरी खदाल । ३५ सय मतदाता रहेको यस वडामा वडाअध्यक्ष खदालको सक्रियता बढ्नुको कारण हो जनताको सहज दैनिकी र विकास निर्माण ।
जनताको समस्या जनताकै घरमा गएर बुझ्ने यिनै वडाअध्यक्ष आज विहान उनकै वडाको सिरानमा पर्ने चौकी टोलमा भेटिए । करिव २०० घरधुरीलाई खानेपानी समस्याबाट छुट्कारा दिलाउन चौकी टोलमा बनिरहेको पानी ट्याकीं निरिक्षण गर्न उनि त्याहाँ पुगेका थिए । भन्दै थिए , यो खानेपानी ट्याकींको क्षमता पचास हजार लिटरको हो , यस ट्याकींको पानीले २०० घरधुरी लाभान्वित हुने छन् ।
यो खानेपानीको योजनाको निर्माण कार्य करिव अन्तिम चरणमा पुगेको छ । करिव ५० लाखको लगानीमा निर्माण भईरहेको यो योजना वडाअध्यक्ष खदालको महत्वकाक्षीं योजना हो । उसो त वडाको भित्रि गाउँमा रहेको रतनपुर गाउँमा पनि उनले वोरिगं धसाईरहेका छन् । यस वोरिगंले ७० घरधुरीलाई खानेपानीको सुविधा पुग्छ । पुष्पवलपुरमै उनले करिव ३ सय मिटर नाला पनि वनाएका छन् ।
सानी जेठी टोलमा १ किलो मिटर कच्चि सडक निर्माण गरेका वडाअध्यक्ष खदालले रतनपुर वजरगंवली मन्दिर पनि बनाएका छन् । विद्यालयहरुमा खेलकुद सामाग्री वितरण गरेका उनले विभिन्न शिपमुलक तालिमहरु पनि सञ्चालन गरे भने २४ घर परिवारलाई निशुल्क वाख्रा समेत वितरण गरेका छन् ।
विजयकुमार साह

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...