अब डाक्टरको लापर्वाहीले ज्यान गए पाँच वर्ष कैद, लाइसेन्स बिना उपचार गरे तीन वर्ष कैद



हाम्रो इकोनोमि

 

नेपालमा डाक्टरहरुको लापर्वाहीले सर्वसाधरणको अनाहकमा ज्यान जाने क्रम बढी रहेको गुनासो बढिरहेका बेला सरकारले डाक्टरहरुलाई कज्याउने गरी नयाँ नियम लागू गरेको छ ।

 

कसैको उपचार गर्दा पर्याप्त होशियाारी वा सावधानी नअपनाइ लापर्बाही वा हेलचेक्र्याइँ गरी उपचार गर्न, औषधि दिन र खान सिफारिस गर्न नहुने ऐनमा छ । यदि लापर्बाही गरेर ज्यान गएको वा अङ्गभङ्ग गरेको पाइएमा पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना, हेलचेक्र्याइँ गरेर मृत्यु वा अङ्गभङ्ग भएमा तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

 

अब चिकित्सासम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता हासिल गरे पनि उपचार गर्ने लाइसेन्स नपाएका व्यक्तिले उपचार गरेमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने भएको छ । भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा यस्तो व्यवस्था गरिएको छ ।

 

यस्तै लाइसेन्स प्राप्त नगरेको चिकित्सकले उपचार गरेको बिरामी अङ्गभङ्ग भएमा १५ वर्ष कैद र ज्यान गएमा जन्मकैद हुने प्रावधान छ । भनिएको छ, ‘इजाजत प्राप्त गरेको व्यक्तिले बाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, कसैको मानव शरीरको कुनै अङ्गको चिरफार गर्ने, कुनै प्रकारको औषधि खुवाउने, खान सिफारिस गर्ने वा अन्य कुनै प्रकारले इलाज गर्न हुँदैन ।’

 

तर, लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होशियारी अपनाई सानो–तिनो रोग लागेको बिरामीको मानव अङ्गलाई कुनै प्रतिकूल असर पर्ने गरी सामान्य प्रकारको औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचार गर्नमा बाधा नपुग्ने बताइएको छ । यसैगरी कसैले बदनियत राखेर उपचार गर्दा ज्यान गए ज्यान मारेर सरह र अङ्गभङ्ग भए अङ्गभङ्ग गराए सरहको कसुर ठानेर सजाय गरिने प्रावधान छ ।

 

यस्तै मञ्जुरी बिना मानव शरीरमा परीक्षण गर्न कानूनले बन्देज लगाएको छ । मानव शरीरमा कुनै उपचारसम्बन्धि विधि, चिरफार वा औषधि परीक्षण गर्नु पर्दा सम्बन्धित व्यक्ति र बालबालिका वा होश, ठेगानमा नभएको व्यक्ति भए निजको बाबुआमा वा संरक्षकको मञ्जुरी नलिई त्यस्तो काम गर्न नहुने बताइएको छ ।

 

कसैले आर्थिक लाभ लिने, महिलाको गोपनियता भङ्ग गर्ने, कुनै नियतले कसैको शाररीक परीक्षण गर्ने वा अङ्ग परिवर्तन गर्ने काम गर्न बन्देज गरिएको छ । यस विपरीत परीक्षण गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । यस क्रममा ज्यान गए ज्यान मारे सरह र अङ्गभङ्ग भए अङ्गभङ्ग गरे सरह सजाय हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...