वीर अस्पतालको उपकुलपति सिफारिस गर्न छलफल शुरु, को – को छन् डौडमा



हाम्रो इकोनोमि

 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपति सिफारिस गर्न गठित समितिले अनौपचारिक छलफल थालेको छ ।

 

प्रधानमन्त्री तथा न्याम्सका कुलपति केपी शर्मा ओली बिहिवार स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएका थिए । समितिमा विज्ञ डा सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य छन् ।

 

समितिको शुक्रवार अनौपचारिक छलफल भए पनि उपकुलपति सिफारिसबारे कुनै निर्णय नभएको स्वास्थ्यमन्त्री यादवले बताए । स्रोतका अनुसार उपकुलपतिका दाबेदारहरुको बारेमा छलफल भए पनि व्यक्ति औपचारिक बैठकमा मात्रै व्यक्ति केन्द्रित छलफल हुनेछ ।

 

न्याम्सको उपकुलपतिका लागि डा.भगवान कोइराला, डा. जागेश्वर गौतम, श्रीकृष्ण गिरी, सीताराम चौधरी र डिएन शाहको नाम छलफलमा आएको छ । प्रधानमन्त्री तथा नेकपाको तर्फबाट जागेश्वर र भगवानको नाम अघि सारिएको छ । स्वास्थ्यमन्त्री यादवको लिष्टमा सीताराम चौधरी र डिएन शाह रहेको स्रोतको दावी छ ।

 

यसैबीच वीर अस्पतालका केही चिकित्सक तथा कर्मचारी युनियनहरुले भने न्याम्सभन्दा बाहिरबाट उपकुलपति ल्याउन नपाइने भन्दै स्वास्थ्यमन्त्री यादवको ध्यानाकर्षण गराएका छन् । यसो हुँदा डा. भगवान कोइरालालगायतलाई रोक्न सकिनेछ । त्यसो त डिएन शाह पनि न्याम्सभन्दा बाहिरका हुन् ।

 

न्याम्सको रजिस्टारमा भने एक्लै दौडमा मेडिकल काउन्सिलका रजिस्टार एवं प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दीलिप शर्मा छन् ।

 

वीर अस्पतालको निर्देशकमा डा. भुपेन्द्र बस्नेतलाई निरन्तरता दिन लागिएको स्रोतले जनाएको छ । न्याम्सका उपकुलपति डा। गणेश गुरुङसहित पदाधिकारीले बिहीबारबाट अवकाश पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...