साढे पाँच वर्षीय बालकमाथि यौन दुर्व्यवहार गर्ने बृद्ध झाँक्री यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

कञ्चनपुरमा महिलामाथि बलात्कार र हत्याका घटना बढिरहेका बेला एक अर्को घटना बाहिरिएको छ । सुन्दा अच्चम लाग्न सक्छ, कञ्चनपुरमा एक पुरुषले साढे पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेका छन् ।

 

भीमदत्त नगरपालिका–३ तिलपुरका ६६ वर्षीय गोपाल धामीले कञ्चनपुरको बेदकोट नगरपालिका–७ गाउजीका बालकको मुखमा लिंग घुसाएका हुन् । झारफुक पेशा गर्दै आएका गोपालले बिहीबार मध्यरातमा बालकको मुखमा लिङ्ग घुसाएर ‘माउथ सेक्स’ गरेको घरपरिवारले बताएका छन् ।

 

छोरो बिरामी भएपछि उनका बुबाले ती धामीलाई झारफुक गर्नका लागि बिहीबार दिउँसो घरमै बोलाएका थिए । बालकका बुबाले भने, ‘खाना खाएपछि झाँग्रीले चुरोट खाएर बालकसंग सुत्ने भनेपछि हामीले सुतेको बालकलाई धामीको कोखमै राख्यौँ ।’ धामीले जो कोही कसैका बालबालिका आफ्नै नातिनातिना जस्तै मान्छु भन्दै बालक आफैसंग सुताउन आग्रह गरेका थिए ।

 

‘राती लोडसेडिङ्ग भयो, मेरी बुढी सिँढीमा बसेकी थिईन् ।’ बालकका बुबाले भने, ‘ती झाँग्रीले आफ्नो लिंग बालकको मुखमा घुसाउँदै गरेको बुढीले बताइन्, तर मैले विश्वासै गरिन, पछि छोरो करायो, त्यसपछि उठेर आफै गएँ झाँग्रीले छोराको मुखमा लिङ्ग हाल्दै निकाल्दै गरेको देखेँ ।’ उनका अनुसार लोडसेडिङ्ग भईरहेका बेला झाँग्रीले टर्च लाइट बाल्दै निभाउँदै गएका थिए ।

 

दुई झापड हानेर प्रहरीलाई खबर गरेको बालकका बुबाले बताए । राती नै सिसैया प्रहरी चौकीले गोपाललाई घरबाटै पक्राउ गरेको थियो । पीडित अभिभावकले नाबालकमाथि यौन दुर्व्यवहार गरेको भन्दै कार्बाहीको माग गरेका छन् । सयममै अभिभावकले थाहा पाएपछि ती बालक ठुलो दुर्घटनाबाट जोगिएका छन् ।

 

शुक्रबार पीडित परिवारले कार्बाहीका लागि झाँग्री बिरुद्ध उजुरी दिएका छन् । कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठीले घटनाका बारेमा विस्तृत अनुसन्धान भईरहेको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...