अस्पतालमा उपचार अभावमा मृत्यु



हाम्रो इकोनोमि

 

उपचारका अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ ।
जाजरकोट भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर विकको उपचार अभावमा मृत्यु भएको हो ।

दमको समस्या भएकाले रुकुमको चौरजहारी अस्पताल उपचार गराउन आएका विकले उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको हो ।

पाँच दिनदेखि चौरजहारी अस्पताल तनावग्रस्त हुँदा सामान्य तथा जटिल समस्या भएका बिरामी उपचार सेवाबाट वञ्चित छन् ।

गत आइतबार जाजरकोट कुदुकी एक महिलाको रुकुमको विजेश्वरीस्थित चौरजहारी अस्पतालमा उपचारका क्रममा अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै पीडित पक्षले शव बुझ्न मानेको छैन ।

मिर्गौलामा भएको पत्थरीको उपचार गर्न अस्पताल गएकी भेरी नगरपालिका–१३ कुदुकी २८ वर्षीया यशुदा मल्ल आरसीको गलत सुईको प्रयोगले मृत्यु भएको भन्दै पीडित पक्षले उचित क्षतिपूर्ति र राहतको माग गरिरहेको छ । उनको शव पाँच दिनदेखि अस्पतालमै छ ।

समयमा आफन्तले शव नबुझ्दा गन्हाउन थालेको छ । घटनाका कारण अस्पतालको उपचार सेवासमेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...