उपत्यकावासीले पिउने जार र बोतलको पानी गुणस्तरहिन, २३ उद्योग विरुद्ध दायर भयो मुद्दा



हाम्रो इकोनोमि

 

काठमाडौं उपत्यकामा बिक्री वितरण हुने जार तथा बोतलको पिउने पानीमा गुणस्तरको समस्या देखिएको छ। बिक्री वितरण हुँदै आएका जार तथा ‘मिनरल वाटर’मा गुणस्तर समस्या देखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २३ उद्योगविरुद्ध विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ।

विभागका अनुसार गत आर्थिक वर्ष ९आव० २०७४र०७५ मा गरेको प्रयोगशाला परिक्षणबाट पानी उद्योगमा त्यस्तो समस्या देखिएको हो।

काठमाडौंका ११, ललितपुरका १० र भक्तपुरका २ पानी उद्योगमा गुणस्तर समस्या देखिएको छ।

दूधमा पनि उस्तै समस्या

पानीमात्र होइन उपत्यकाका विभिन्न डेरी उद्योगहरुले उत्पादन गर्ने दूध तथा दूग्धजन्य पदार्थमा पनि उस्तै समस्या देखिएको छ। गुणस्तरमा समस्या देखिएपछि विभागले उपत्यकाका त्यस्ता ११ उद्योग विरुद्ध मुद्दा दायर गरेको छ।

२ हजार ४ सय नमूनाको परिक्षण

विभागका अनुसार गत आवमा बजार अनुगमन गरी २ हजार ८ सय १३ वटा नमूना संकलन गरिएको थियो। त्यसमध्ये २ हजार ४ सय ८५ वटा नमूनाको प्रयोगशालामा परिक्षण गरिएको विभागको भनाइ छ। जसमा ३ सय ५४ नमूना प्रतिकूल पाइएको विभागले जनाएको छ।

विभागका अनुसार प्रतिकूल पाइएका नमूनामध्ये सबैभन्दा बढी दूध तथा दूग्धजन्य पदार्थमा समस्या देखिएको छ। प्रयोगशाला परिक्षणबाट गत आवमा १ सय १ वटा दूध तथा दूग्धजन्य पदार्थमा समस्या देखिएको विभागले बताएको छ। त्यस्तै, खाद्यान्न तथा दलहनमा ६९, प्रशोधित पिउने पानीमा ६६, तेल तथा घ्यूमा ३२, दाना पदार्थमा ९ र बाँकीमा अन्य खाद्य पदार्थ रहेको विभाग बताउँछ।

२ सय २४ थान मुद्दा दायर

विभागका अनुसार गत आवमा २ सय २४ थान मुद्दा विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा दायर गरिएको छ। त्यसमा न्यून गुणस्तरका खाद्य वस्तुका १ सय २३, दूषित खाद्यवस्तुका ६०, पानीका ४१, तेलका ३८, दूधका १६ र बाँकी लेवल लगायतका विवरण नमिलेका मुद्दा छन्। ती उद्योगविरुद्ध खाद्य ऐन, २०२३ अनुसार न्यूनस्तर, मिसावट तथा दूषित खाद्यवस्तु उत्पादन तथा बिक्रिवितरणको कसुरमा मुद्दा दायर गरिएको विभागले बताएको छ।

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...