भोलिदेखि सेनाको नेतृत्व फेरिदै, जंगीअड्डामा सेनापतिले सुनाए आफ्ना ६५ सफलता



हाम्रो इकोनोमि

 

भोलि बुधबारदेखि नेपाली सेनाको नेतृत्व परिवर्तन हुँदै छ। प्रधान सेनापति राजेन्द्र क्षत्रीलाई बिदाई गरी रथी पूर्णचन्द्र थापाले सेनाको कमाण्ड सम्हाल्दैछन्।

 

सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले थापालाई भोलिदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरिसकेका छन्।

 

अवकाश हुनुभन्दा एक महिना अघि नै बिदा बस्ने परम्पराअनुसार क्षत्री भोलिदेखि विदामा बस्न लागेका हुन्। उनले भदौ २४ गतेदेखि अनिवार्य अवकाश पाउँदैछन्।

 

विदामा वस्नु अघिल्लो दिन सेनापति क्षत्रीले जंगी खड्डामा सम्बोधन गरेका थिए। ९२ बुँदे सम्बोधनमध्ये ६५ बुँदामा उनले आफ्नो नेतृत्वमा भएका कामहरु उल्लेख छ।

 

भूकम्पमा सेनाले गरेको उद्धारदेखि निर्वाचन सम्पन्न भूमिकासम्मलाई उनले आफ्नो सफलता सूचिमा राखेका छन्।

 

राष्ट्रिय सुरक्षा नीति निर्माण, इतिहासमा पहिलो पटक महिलाहरुको लागि गोरखखाली गुल्म स्थापना गरिएको उनले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...