सूर्यगढीमा बङ्गुरपालनप्रतिको आकर्षण बढ्दै



हाम्रो इकोनोमि

 

सूर्यगढी गाउँपालिकाका किसान बङ्गुरपालनमा आकर्षित हुन थालेका छन् । सूर्यगढी गाउँपालिका–३ फलाँटेमा किसान अचेल बङ्गुरपालनमा आकर्षित भएका हुन् ।

 

बङ्गुर भन्ने बित्तिकै दलित समुदायले मात्रै पाल्ने भन्ने परम्परालाई यहाँका गैरदलित समुदायका किसानले पनि पालेर आम्दानी गर्न थालेको अग्रसर कृषि सहकारी संस्थाका अध्यक्ष निशा अधिकारीले बताउनुभयो ।

 

किसानमा बङ्गुरपालनमा आकर्षित गराउन सहकारीले डेढ वर्ष अघि १२० सदस्यलाई बङ्गुरको पाठा उपलब्ध गराएको छ । प्रतिकृषक दुई÷दुई वटा पाठा उपलब्ध गराइएको थियो । बङ्गुरको प्रजनन र मासुका लागि बिक्रीबाट यहाँका कृषकको आयस्तर राम्रो बन्दै गएको हो ।

 

महिलाको आर्थिक स्थिति सुर्धानको लागि शुरु भएको यो अभियानले सिँगै परिवार र समुदाय नै बङ्गुरपालनमा आकर्षित भएपछि आर्थिक अवस्थालाई टेवा पुग्न थालेको सहकारीका अध्यक्ष अधिकारीले बताउनुभयो ।

 

पालेको पाँच महिनामा नै प्रतिबङ्गुर रु ३५ हजारभन्दा बढी आर्जन हुन थालेपछि किसानले सहकारीले दिएकामा थप बङ्गुरका पाठा राखेर पालन गर्न थालेका छन् । अहिले यहाँमा १८० जना किसानले बङ्गुर पाल्न थालेका छन् । नुवाकोट र रसुवामा विभिन्न आयोजनाका लागि कार्यरत चिनियाँ नागरिकका कारण अहिले यहाँको बङ्गुरको भाउ पनि बढेको र मासु खपत भएको स्थानीय किसान कृष्णमान तामाङले बताउनुभयो ।

 

चिनियाँले बङ्गुरको मासु रुचाउने र त्यसको माग भएपछि त्रिशूलीदेखिका मासु व्यापारी फलाँटेसम्म बङ्गुर खरीदका लागि आउने गरेका छन् । प्रतिकेजी यहाँका कृषकले व्यापारीलाई खोरबाटै रु २८० मा बङ्गुर बिक्री गरिरहेको किसान तामाङले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...