काभ्रेपलाञ्चोमा पहिरोमा पुरिएर बालकको मृत्यु



हाम्रो इकोनोमि

 

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० नारीनखर्कमा माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार आज बिहान करीब २ बजेको समयमा खसेको पहिरोमा परी मृत्यु हुनेमा डेढ वर्षका बालक दीपक तामाङ रहेका छन् ।

माथिबाट खसेको पहिरोले घरभित्रै पुरिएर हेमबहादुर तामाङ र उनकी श्रीमती सीतामाया तामाङ घाइते भएका छन् ।

पहिरोले दुई वटा टिनको टहरासमेत बगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...