पर्यटकको रोजाइमा सौराहा



हाम्रो इकोनोमि

 

जंगल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकमध्ये ८० प्रतिशत बढीले सौराहा प्रवेशद्वारको प्रयोग गर्ने गरेका छन् ।

 

निकुञ्ज जाने नौ प्रवेशद्वारमध्ये पूर्वी क्षेत्रका रूपमा परिचित सौराहा प्रवेशद्वार पर्यटकको रोजाइमा पर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो । गएको एक वर्षमा निकुञ्ज घुम्ने कूल पर्यटकमध्ये ८३ दशमलव ३७ प्रतिशत पर्यटकले सौराहा नाका प्रयोग गरे । विगतका वर्षमा ८० देखि ९० प्रतिशत पर्यटकले सौराहाकै प्रवेशद्वार प्रयोग गर्दै आएका निकुञ्जको भनाइ छ ।

 

निकुञ्जका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा निकुञ्ज घुम्ने कूल एक लाख ५२ हजार ६७१ पर्यटकमध्ये एक लाख २७ हजार २९५ पर्यटक सौराहा हुँदै निकुञ्ज घुमेका छन् । यो कूल पर्यटकमध्ये ८३ दशमलव ३७ प्रतिशत हो ।

 

अन्य आठ नाका प्रयोग गरेर २५ हजार ३७३ पर्यटकले निकुञ्ज घुमेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । निकुञ्ज प्रवेश गर्न सौराहसहित पश्चिम चितवनको घटगाई, निकुञ्जको मुख्य कार्यालय कसरा, देवनगर, माडीस्थित वनकट्ठा, पश्चिम मेघौलीको भिम्ले, नवलपरासीको अमलटारी, लौखानी र कुवौली प्रवेशद्वार छ ।

 

गएको एक वर्षमा सौराहा नाकाबाट एक लाख २७ हजार २९५, घटगाई प्रवेशद्वारबाट २१२, कसरा र देवनगर प्रवेशद्वारबाट ११ हजार ९११, वनकट्ठा प्रवेशद्वारबाट एक हजार ३४, भिम्ले पोष्टबाट आठ हजार २६५, लौखानीबाट ५००, अमलटारीबाट दुई हजार ८६४ र कुबौली प्रवेशद्वारबाट १२१ पर्यटकले निकुञ्ज घुमे ।

 

निकुञ्ज घुम्नेमा सबैभन्दा बढी तेस्रो मुलुकका ९८ हजार ९२५ पर्यटक छन् । सार्क मुलुकबाट आएका १९ हजार ६९६ र ३४ हजार ६५० नेपाली पर्यटकले निकुञ्ज घुमे । जसमा ७० हजार ८८१ महिला र ८१ हजार ७९० पुरुष पर्यटक छन् । पर्यटकबाट रु २४ करोड ८३ लाख राजश्व संकलन भएको छ ।

 

दुर्लभ एकसिङ्गे गैँडाको प्राकृतिक बासस्थानका हिसाबले विश्वमै दोस्रो महत्वपूर्ण संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज हो । निकुञ्ज घुम्न आएका अधिकांश पर्यटक सौराहा टेकेर जानुमा मुख्यत यहाँको आरामदायी होटलसहितका व्यवस्थित पर्यटकीय गन्तव्य र गतिविधि नै हो ।

 

सौराहा आकर्षक पर्यटकीयस्थलका रूपमा परिचित भएको र विविध सुविधा भएकाले पर्यटक सौराहा हुँदै निकुञ्ज घुम्ने गरेको क्षेत्रीय होटल संघ सौराहा चितवनका महासचिव राममणि खनाल बताउनुहुन्छ । उहाँका अनुसार सौराहामा हात्ती, जीप, डुंगा सफारीको व्यवस्था छ ।

 

पथ प्रदर्शकले पर्यटकलाई जंगलमा पैदल हिँडाएर बाघ, गैँडा देखाउन निकुञ्जमा लैजान्छन् । मनोरम दृश्यावलोकन तथा सौराहादेखि कसरा हुँदै निकुञ्ज पश्चिम टाइगरटप्ससम्म पर्यटक जीप सफारीमा रमाउन पाउने भएकाले पर्यटकको पहिलो रोजाइ सौराहा हुने गरेको पर्यटन व्यवसायी तथा चराविज्ञ टीका गिरी बताउनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...