विपक्षी दलका नेता देउवा विदेश गएपछि संवैधानिक परिषद्को बैठक स्थगित



हाम्रो इकोनोमि

 

प्रधानन्यायाधीश सिफारीसका लागि आज अपरान्ह बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । परिषद्का सदस्य समेत रहेका विपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा उपस्थित नहुने भएपछि बैठक स्थगित भएको हो । देउवा आज मध्यान्ह उपचारका लागि सिंगापुर जादैछन् । पेटका उपचारका लागि उनी देउवा सिंगापुर जान लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

 

न्याय परिषद्को बैठकले वरिष्ठताका आधारमा ओमप्रकाश मिश्र र चोलेन्द्रशमसेर जवराको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । त्यही मध्ये एक जनालाई सिफारिस गर्ने तयारी भईरहेको छ । यसअघि परिषदले जेठ २९ गते न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो । तर, संसदीय सुनुवाइ समितिले जोशीलाई अस्वीकृत गरिदियो । गत फागुन ३० गते प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि सर्वोच्च अदालत नेतृत्वविहीन छ।

 

बहालावाला न्यायाधीशमध्ये ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीशका दाबेदार हुन् । दुई जनामध्ये वरिष्ठताको आधारमा ओमप्रकाश मिश्रको नाम सिफारिस हुने सम्भावना बढी छ । संवैधानिक परिषदको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ ।

 

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...