विपक्षी दलका नेता देउवा विदेश गएपछि संवैधानिक परिषद्को बैठक स्थगित



हाम्रो इकोनोमि

 

प्रधानन्यायाधीश सिफारीसका लागि आज अपरान्ह बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । परिषद्का सदस्य समेत रहेका विपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा उपस्थित नहुने भएपछि बैठक स्थगित भएको हो । देउवा आज मध्यान्ह उपचारका लागि सिंगापुर जादैछन् । पेटका उपचारका लागि उनी देउवा सिंगापुर जान लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

 

न्याय परिषद्को बैठकले वरिष्ठताका आधारमा ओमप्रकाश मिश्र र चोलेन्द्रशमसेर जवराको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । त्यही मध्ये एक जनालाई सिफारिस गर्ने तयारी भईरहेको छ । यसअघि परिषदले जेठ २९ गते न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो । तर, संसदीय सुनुवाइ समितिले जोशीलाई अस्वीकृत गरिदियो । गत फागुन ३० गते प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि सर्वोच्च अदालत नेतृत्वविहीन छ।

 

बहालावाला न्यायाधीशमध्ये ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीशका दाबेदार हुन् । दुई जनामध्ये वरिष्ठताको आधारमा ओमप्रकाश मिश्रको नाम सिफारिस हुने सम्भावना बढी छ । संवैधानिक परिषदको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ ।

 

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...