मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु



हाम्रो इकोनोमि

 

सिरहाको नरहा गाउँपालिका– ५ स्थित बलुवा चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको आज उपचारको क्रममा मृत्यु भएको छ ।

 

स ६ प ९०८४ नं को मोटरसाइकलको ठक्करबाट गम्भीर स्थानीयवासी ८० वर्षीया देवकीदेवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

गम्भीर घाइते यादवलाई स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि गएराति नै थप उपचारका लागि धरान पठाइएकोमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यस्तै सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका– १ स्थित महुली खोलामा बाढीले बगाएर ल्याएको एक महिलाको शव फेला परेको छ । सनाखत हुन नसकेको अन्दाजी ५५ वर्षीया महिलाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...