सार्वजनिक यातायात सेवा दर्ता गर्न ६ महिनाको समय, दर्ता नगरे इजाजतपत्र खारेज



हाम्रो इकोनोमि

 

सरकारले सार्वजनिक यातायात सेवा दर्ता गर्न ६ महिनाको समय सिमा दिएको छ । यातायात व्यवस्था विभागले सबै सार्वजनिक यातायात व्यवसायीलाई आउँदो माघ मसान्तसम्ममा आफ्नो सेवा दर्ता गर्न निर्देशन दिएको हो ।

 

यो अवधिभित्रमा पनि सेवा दर्ता नगरे, अहिले चलाइरहेको रुटको इजाजतपत्र खारेज गरिने विभागले जनाएको छ । उनीहरुलाई नयाँ रुटमा इजाजतपत्र पनि नदिने विभागले जनाएको छ । यसअघि चैतमा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, संशोधन जारी गर्दै सरकारले गएको असार मसान्तसम्ममा सबै सार्वजनिक गाडीलाई दर्ता गर्न निर्देशन दिएको थियो ।

 

तर त्यो समयमा सबै व्यवसायीलाई पञ्जिकरणमा आउन समस्या भएपछि समय थप्नुपरेको विभागले जनाएको छ । सरकारले यातायात क्षेत्रमा भएको सिन्डिकेट अन्त्यको लागि निर्देशिका जारी गरेको दाबी गर्दै आए पनि व्यवहारमा भने सिण्डिकेट अन्त्य अझै भैसकेको छैन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...