सार्वजनिक यातायात सेवा दर्ता गर्न ६ महिनाको समय, दर्ता नगरे इजाजतपत्र खारेज



हाम्रो इकोनोमि

 

सरकारले सार्वजनिक यातायात सेवा दर्ता गर्न ६ महिनाको समय सिमा दिएको छ । यातायात व्यवस्था विभागले सबै सार्वजनिक यातायात व्यवसायीलाई आउँदो माघ मसान्तसम्ममा आफ्नो सेवा दर्ता गर्न निर्देशन दिएको हो ।

 

यो अवधिभित्रमा पनि सेवा दर्ता नगरे, अहिले चलाइरहेको रुटको इजाजतपत्र खारेज गरिने विभागले जनाएको छ । उनीहरुलाई नयाँ रुटमा इजाजतपत्र पनि नदिने विभागले जनाएको छ । यसअघि चैतमा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, संशोधन जारी गर्दै सरकारले गएको असार मसान्तसम्ममा सबै सार्वजनिक गाडीलाई दर्ता गर्न निर्देशन दिएको थियो ।

 

तर त्यो समयमा सबै व्यवसायीलाई पञ्जिकरणमा आउन समस्या भएपछि समय थप्नुपरेको विभागले जनाएको छ । सरकारले यातायात क्षेत्रमा भएको सिन्डिकेट अन्त्यको लागि निर्देशिका जारी गरेको दाबी गर्दै आए पनि व्यवहारमा भने सिण्डिकेट अन्त्य अझै भैसकेको छैन् ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...