सुनवर्षी नगरपालिका–२ झपरतोलमा चालकको मृत्यु



हाम्रो इकोनोमि

सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे३प ६६९४ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे३प ९३१० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ६६९४ नंको चालक रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश साहको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी अर्को मोटरसाइकलका चालक सुनवर्षी– ६ का ४५ वर्षीय रुपनारायण ताजपुरिया घाइते भएका छन् ।

 

उहाँको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...