मन्त्रालयको छवि सुधार्न मन्त्री अर्यालको निर्देशन



हाम्रो इकोनोमि

 

 

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयको छवि सुधार्दै जनताको मन छुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । देश संघीय संरचनामा अगाडि बढेको र स्थायी सरकार भएका कारण जनताको ठूलो अपेक्षा यो सरकारप्रति रहेको बताउँदै आज मन्त्रालयमा निर्देशन दिँदै मन्त्री अर्यालले भन्नुभयो, “हिजोको जस्तो आरोपप्रत्यारोप गरेर कामबाट मुक्त हुने अवस्था कर्मचारीलाई अब छैन ।

 

देश परिवर्तनका लागि स्थायी सरकार निर्माण भएका कारण कर्मचारीले पनि तन मन लगाएर काम गर्नुपर्छ ।” यसअघि स्वास्थ्यराज्यमन्त्री रहनुभएका अर्याल गत शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका रुपमा नियुक्त हुनुभएको थियो ।

 

उहाँले सेवाग्राहीप्रति नम्र, शिष्ट र शालीनरुपमा प्रस्तुत हुन आग्रह गर्दै मालपोत, नापीमा जाँदा जुन गुनासा सुनिएका छन् ती गुनासा अब आए भने त्यसको जिम्मेवारी मन्त्रालयमा बस्ने कर्मचारीले पनि लिनुपर्ने हुन्छ भन्नुभयो । मन्त्री अर्यालसमक्ष मन्त्रालयका सचिव गोपिनाथ मैनाली र महाशाखा प्रमुखले मन्त्रालयको भावी योजना र कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...