बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीले दिए सरकारलाई ७२ घण्टे अल्टिमेटम



हाम्रो इकोनोमि

 

नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशका अध्यक्ष नविन यादवले चिकित्सा शिक्षा अध्ययन गर्न बिदेशमा पुगेका विद्यार्थीहरुको बारेमा उठेका प्रश्न र समस्याहरु ७२ घण्टाभित्र सरकारले सम्बोधन गर्ने प्रयास नथाले कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन ।

 

आईतबार एशोसिएशनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो चेतावनी दिएका हुन ।

उनले भने,‘नेपाली समाजले कुनैपनि कुराको परिणाममात्रै देख्छ तर त्यसको पछाडिको कारण कहिल्यै जाँन्दैन, वर्तमान समयमा राज्यका विभिन्न स्थानमा बसेर काम गरिसकेका व्यक्तिहरुले नै विदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न पुगेका विद्यार्थीहरुको अस्तित्व र भविष्यमाथि विभिन्न प्रकारका प्रश्नहरु खडा गर्नुभएको स्थिति छ ।’

 

 

अध्यक्ष यादवले अघि थपे,‘अहिले चिकित्सा शिक्षा अध्ययन गर्न ८ हजार नेपाली विद्यार्थीहरु विदेशमा छन्, तिनीहरुसँग नेपालका एजुकेशन कन्सल्टेन्सीहरुले चर्को शुल्क लिने गरेका छन्, तर विदेशमा पुगेका विद्यार्थीहरुको अवस्थाका बारेमा कुनै जानकारी नलिने, सोधिखोजि नगर्ने स्थिति छ, यसका बारेमा सरकारले तत्काल छानविन गर्नुपर्छ, नेपाली मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको स्विकृतिमा विदेशमा पढ्ने जाने तर प्रायजसो विदेशका कलेजहरु कालो सूचिमा परिसकेको हुने र विद्यार्थीहरु कालो सूचिमा परेका कलेजहरुमा पढ्न बाध्य हुने स्थिति छ, बंगलादेशमा ३७ वटा मेडिकल कलेजहरु कालो सूचिमा परेका छन।’

 

 

नेपाल मेडिकल काउन्सिल र एजुकेशन कनसल्टेन्सीको मिलेमतोमा मापदण्ड नपुगेका बिदेशी कलेजहरुलाई स्विकृति दिने गरेका दाबी गर्दै उनले भने,‘कालो सूचिमा परेका ८ देखि १० वटा मेडिकल कलेजमा करिब १ सय ५० जना जति नेपाली विद्यार्थीहरु अध्ययनरत छन्, तिनीहरुलाई नेपालमै स्थानान्तरण गर्न र एजुकेशन कन्सल्टेन्सीहरुलाई छानविन गरि  दोषीलाई कानूनी कारबाही गर्न जोडदार माग गर्दछु।’

 

पत्रकार सम्मेलनमा मधेशी चिकित्सक संघका प्रवक्ता डा. विनय पञ्जियारले नेपालको स्वास्थ्य शिक्षा विश्वकै उत्कृष्ट भएको भन्दै विदेशमा पढ्न जाने विद्यार्थीहरुलाई रोक्न सरकारलाई सुझाव दिएका छन् ।

 

उनले भने,‘नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले उठाएका मागहरु जायज छन्, हाम्रो समर्थन छ, देशभरका सम्पूर्ण चिकित्सक, संघ संस्थाहरुलाई वर्तमान समयमा देखिएका समस्या समाधान गर्नको लागि पनि आग्रह गर्दछु ।’

 

उनले अघि थपे,‘कांग्रेसका यूवा नेता गगन थापा, सत्याग्रही डा.गोविन्द केसीलगायत स्वास्थ्य क्षेत्रको आमुल परिवर्तनमा लाग्नुभएका सबैलाई बिदेशमा रहेर पढ्दै गरेका विद्यार्थीहरुको समस्याहरु समाधान गर्नमा जुट्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...