जबरजस्ती गर्भपतन गराउने प्रेमी यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

एक किशोरीको गर्भ तुहाएको आरोपमा सप्तरी प्रहरीले प्रेमीलाई पक्राउ गरेको छ।

 

१७ वर्षीया किशोरीको गर्भ तुहाएको आरोपमा प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका ९ रघुनाथपुरका २० वर्षीय सञ्जय सरदारलाई आइतबार पक्राउ गरेको हो। आरोपितको स्वास्थ्य परीक्षणलगायत आवश्यक अनुसन्धान भइरहेको डीएसपी भावेश रिमालले जानकारी दिए।

 

पाँच महिनाकी गर्भवती किशोरीसँग विवाह गर्ने बहानामा गाउँ बाहिर लगेर गर्भपतन गराएको किशोरीको आरोप छ। काठमाडौं गएर विवाह गर्ने भनेर घरबाट लगेका सरदारले सप्तरीकै कल्याणपुरको एक निजी अस्पतालमा गर्भपतन गराएका हुन्।

 

गर्भपतन गराएपछि रक्तश्राव धेरै भएपछि उनको अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइराखेको छ।

 

आपसी सहमतिमा उनीहरुबीच पटक(पटक शारीरिक सम्बन्ध हुँदै आएको थियो। ‘विवाहको आश्वासन दिएर यौन सम्पर्क गरेपछि गर्भवती भएँ’, किशोरीले भनिन्, ‘पछिल्लो पटक गत साउन ३ गते विवाह गर्न काठमाडौं जाऊँ भनेपछि खुशी–खुशी गएकोमा कल्याणपुरको एक निजी अस्पतालमा लगेर गर्भपतन गरायो।’

 

आफूले गर्भ तुहाउन नमान्दा सञ्जयले जोरजुलुम गरी गर्भपतन गराएको उनलको भनाइ छ। सँगै अस्पतालका स्वास्थ्यकर्मीले समेत सञ्जयलाई सघाएको आरोप उनको छ।

 

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका सरदारले पछि विवाह गर्ने शर्तमा आपसी सहमति गरेर नै गर्भपतन गराएको दाबी गरेका छन्। सञ्जयका अनुसारपछि विवाह गर्ने ग्यारेण्टिका लागि हाल आफ्नो परिवारको नाममा रहेको एक कठ्ठा जग्गा उनको नाममा रजिष्ट्रेशन गर्ने शर्त नमानेकै कारण प्रेमिकाले उजुरी गरेको बताए।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...