धोका दिएको भन्दै प्रेमिकाको घरमै गएर गोली प्रहार



हाम्रो इकोनोमि

 

भारतको राजधानी नयाँ दिल्लीस्थित भारत नगर क्षेत्रमा एक स्थानीयको घरमा गोली चल्दा एक युवती सक्त घाइते भएकी छन्। गोली प्रहारबाट अंशुल नाम गरेकी युवती घाइते भएकी हुन्।

 

पेशाले चार्टर्ड एकाउन्ट ती युवतीको स्थानीय एक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

 

प्रहरीले घटनामा संलग्न एकजना युवकलाई पक्राउ गरेको छ। घाइते भएकी २५ वर्षीया अंशुल र गोली प्रहार गर्ने युवकबीच पाँच वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरी बताएको छ।

 

केही दिनअघि अंशुलको अर्कै केटासँग विवाह भएको थियो। विवाह लगत्तै अंशुल र उनका पूर्व प्रेमी हरिष उर्फ बीचको सम्बन्ध टुटेको थियो। विवाहपछि पनि युवकले आफ्नी पूर्व प्रेमिका अंशुललाई धम्की दिँदै आएका थिए।

 

सम्बन्ध टुटाएको भन्दै हरिषले पूर्व प्रेमिकाको घरमा गइ शनिबार राति गोलि प्रहार गरेका थिए। गोली लागि घाइते भएकी अंशुलको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...