पाल्पा ठिमुरेमा जीप दुर्घटना स् दुईको शव भेटियो



हाम्रो इकोनोमि

 

रिब्दीकोट गाउँपालिका ६ ठिमुरे ढुस्टुङ्गमा बा १ च ८९७० नम्वरको पिकअप जीप शनिबार साझा ६ बजे दुर्घटना हुदाँ जीपमा सवार दुईजनाको मृत्यु भएको छ ।

 

उनीहरुको जीपले किचिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय मुझुङ्गले जनाएको हो । एक जनाको शव शनिबार राती नै भेटिए पनि उद्धार गर्न सकिएको थिएन् । मृत्यु हुनेमा तानसेन १० का २५ वर्षिय विवेक पौडेल र डोल्पा घर भई सोहि स्थानमा बस्दै आएका ३६ वर्षिय टंक चलाउने रहेका छन् ।

 

तानसेनबाट विद्युत्‌का सामाग्री लिएर ठिमुरे तर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो । जीप सडकदेखि ५० मिटर तल अप्ठ्यारो भिरमा अड्किएको छ । शनिबार राती अबेरसम्म उद्धार हुन नसकेपछि प्रहरी फर्किएको थियो । आइतबार विहानै सेना, प्रहरी, सशस्त्र र स्थानीयको सक्रियतामा उनीहरुको उद्धार गरिएको छ ।

 

उनीहरुको शव पोष्टर्माटमका लागि जिल्ला अस्पताल तानसेन ल्याउएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । दुर्घटनास्थल साघुरो, चिफ्लो र भिर भएकाले प्रहरीलाई उद्धारमा कठिनाई भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...