पाल्पा ठिमुरेमा जीप दुर्घटना स् दुईको शव भेटियो



हाम्रो इकोनोमि

 

रिब्दीकोट गाउँपालिका ६ ठिमुरे ढुस्टुङ्गमा बा १ च ८९७० नम्वरको पिकअप जीप शनिबार साझा ६ बजे दुर्घटना हुदाँ जीपमा सवार दुईजनाको मृत्यु भएको छ ।

 

उनीहरुको जीपले किचिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय मुझुङ्गले जनाएको हो । एक जनाको शव शनिबार राती नै भेटिए पनि उद्धार गर्न सकिएको थिएन् । मृत्यु हुनेमा तानसेन १० का २५ वर्षिय विवेक पौडेल र डोल्पा घर भई सोहि स्थानमा बस्दै आएका ३६ वर्षिय टंक चलाउने रहेका छन् ।

 

तानसेनबाट विद्युत्‌का सामाग्री लिएर ठिमुरे तर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो । जीप सडकदेखि ५० मिटर तल अप्ठ्यारो भिरमा अड्किएको छ । शनिबार राती अबेरसम्म उद्धार हुन नसकेपछि प्रहरी फर्किएको थियो । आइतबार विहानै सेना, प्रहरी, सशस्त्र र स्थानीयको सक्रियतामा उनीहरुको उद्धार गरिएको छ ।

 

उनीहरुको शव पोष्टर्माटमका लागि जिल्ला अस्पताल तानसेन ल्याउएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । दुर्घटनास्थल साघुरो, चिफ्लो र भिर भएकाले प्रहरीलाई उद्धारमा कठिनाई भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...