भ्यान अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु



हाम्रो इकोनोमि

 

भरतपुर महानगरपालिका– ८ सीताराम चोकमा आज मध्याह्न एक भ्यान अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १४, भीमसेननगर बस्ने २४ वर्षीय सुदीप भुजेल छन् ।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एक गम्भीर, सात मध्यम र दुई सामान्य रहेको प्रहरीले जनाएको छ ।

गीतानगरबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ६६२५ नं को ‘म्याजिक भ्यान’ अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...