बस र तेल ट्याङ्कर ठोक्किदा दुर्घटना, १८ को मृत्यु, २५ जना घाइते



हाम्रो इकोनोमि

 

पाकिस्तानको दक्षिण पश्चिममा यात्रुबाहक बस र एउटा तेल ट्याङ्कर एकआपसमा जुध्दा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अरु २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

 

कराँचीतर्फ करिब ४८ जना यात्रु बोकेर गइरहेको बस कोहाट शहर नजिक ट्रकसँग ठोक्किएको थियो । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रहरी अधिकारी एजाज खानले बताए ।

 

इन्धन बोकेको ट्रकमा भने भाग्यवस आगलागी नभएको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनका विषयमा छानबिन सुरु गरेको छ ।

 

पाकिस्तानमा सडकको दुरवस्था, सवारी साधनको नियमित जाँच नहुने र जथाभावी ड्राइभिङका कारण बर्सेनि ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...