१३ वर्षीया बालिका बलात्कार गर्ने बुढा यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै कैलालीको लम्कीचुहामा अर्की १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
लम्कीचुहा नगरपालिका–३ चिसापानीमा १३ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी हुन्।

इलाका प्रहरी कार्यालय मोतिपुरका अनुसार साउन १७ गते चिसापानीका २० वर्षीय वसन्त बुढाले ती बालिकालाई बलात्कार गरेका थिए। छिमेकी बुढाले बलात्कार गरेको भन्दै पीडितका आफन्तले शनिबार साँझ प्रहरीमा उजुरी दिएका थिए।

इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले शनिबार नै बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएका छन्।  प्रहरीका अनुसार प्रारम्भिक सुधपुछका क्रममा बुढाले बलात्कार गरेको स्विकारेको प्रहरीले जनाएको छ ।

घटनाका आरोपी बुढालाई प्रहरीले जर्बरजस्ती करणी मुद्दा दर्ता गर्दै जिल्ला प्रहरी कार्यालयमा चलान गरिसकेको छ । बालिकाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...