१३ वर्षीया बालिका बलात्कार गर्ने बुढा यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै कैलालीको लम्कीचुहामा अर्की १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
लम्कीचुहा नगरपालिका–३ चिसापानीमा १३ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएकी हुन्।

इलाका प्रहरी कार्यालय मोतिपुरका अनुसार साउन १७ गते चिसापानीका २० वर्षीय वसन्त बुढाले ती बालिकालाई बलात्कार गरेका थिए। छिमेकी बुढाले बलात्कार गरेको भन्दै पीडितका आफन्तले शनिबार साँझ प्रहरीमा उजुरी दिएका थिए।

इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले शनिबार नै बुढालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएका छन्।  प्रहरीका अनुसार प्रारम्भिक सुधपुछका क्रममा बुढाले बलात्कार गरेको स्विकारेको प्रहरीले जनाएको छ ।

घटनाका आरोपी बुढालाई प्रहरीले जर्बरजस्ती करणी मुद्दा दर्ता गर्दै जिल्ला प्रहरी कार्यालयमा चलान गरिसकेको छ । बालिकाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...