सुतेकै ठाउँमा तरुण दलका उपाध्यक्षमाथि खुकुरी प्रहार



हाम्रो इकोनोमि

 

नेपाल तरुण दल दोलखाका उपाध्यक्ष चित्र तामाङ माथि गए राती सुतेकै ठाउँमा सांघातिक आक्रमण भएको छ।

तामाङमाथि धारिलो हतियार प्रयोग गरि शरीरका विभिन्न भागमा आक्रमण भएको हो।

उनको दाहिने खुट्टाको घुँडामा गहिरो चोट लागेको छ। अनुहारमा पनि खुकुरी प्रहारबाट चोट लागेको छ।

 

घाइते तामाङको चरिकोटको स्थानिय अस्पतालमै उपचार भएको छ। उनको अवस्था खतरामुक्त रहेको छ।

घटना दोलखा सदरमुकाम चरिकोटमै भएको थियो। आक्रमण गर्ने किशोर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते तामाङले आफ्नो खुट्टा छिनाउने गरि आक्रमण भएपनि संयोगले बचेको बताए।

 

नेपाल तरुण दलले घटनामा संलग्न केसीलाई ज्यान मार्ने उद्योग अन्तर्गत कडा कार्वाहीको माग गरेको छ।  तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले आक्रमणकारीलाई कसैको दवावमा परि उन्मुक्ती दिने प्रयास भए त्यो आफूहरुले प्रतिवाद गर्ने बताए।

स्थानिय प्रहरीले दोषीलाई कानुनी दायरामा लिइसकेको र कानुनी कार्वाही शुरु गर्ने बताएको छ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...