गोक्यो हिमतालमा डुबेका विद्यार्थीको शव निकाल्न सेना परिचालन



हाम्रो इकोनोमि

 

गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न कठिन भएको छ । प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको शव आज बिहानसम्म निकाल्न नसकिएको प्रहरीको भनाइ छ ।
“हिम तालमा डुबेका बालक बेलाबेलामा पानीमाथि देख्न सकिन्छ”, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक नवीन राईले भन्नुभयो, “कुनै पनि उद्धारको सामग्री नहुँदा शव निकाल्न समस्या भएको हो ।”

 

“खुम्जुङ प्रहरी चौकीबाट करीब दुई दिन पैदल हिँडेर पुगिने सो स्थानमा शनिबार हेलिकप्टरमार्फत केही स्थानीय सहितको प्रहरी टोली त गयो तर थप टोली पठाउन हेलिकप्टर भए पनि प्रतिकूल मौसमका कारण अवतरण हुन सकेन ।” उहाँले भन्नुभयो, “आज थप टोली गएको छ, उद्धार गर्न सकिन्छ कि भन्ने आशा छ ।”

 

नेपाली सेनाको टोली परिचालन

डुबेका विद्यार्थीहरुको उद्धारका लागि आज बिहान सेनाको टोली पनि गोक्यो प्रस्थान गरेको प्रहरी निरीक्षक राईले जनाकारी दिनुभयो ।

 

प्रहरीले उद्धार गर्न नसकेपछि शम्शेर गुल्म नाम्चेबाट नेपाली सेनाको टोली गोक्योतर्फ प्रस्थान गरेको हो । गोक्यो भ्रमणमा गएका खुम्जुङ माविका मावि कक्षा ९ मा अध्ययनरत पेम्बा दोर्जे शेर्पा,े पेम्बा नुरु शेर्पा र सुनिल बराइली शनिबार बिहान हिमतालमा डुबेर बेपत्ता भएका थिए ।
खुम्बु क्षेत्रमा शेर्पा समुदायको फाङ्गी पर्वका अवसरमा विद्यालय बन्द भएका बेला विद्यालयको अनुमतिबिना नै ती विद्यार्थी शैक्षिक भ्रमणमा गएका थिए । खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले विद्यालय परिवारलाई उद्धृत गर्दै भन्नुभयो, “विद्यार्थीले भ्रमणका लागि औपचारिक अनुरोध गर्दा विद्यालयले अस्वीकार गरेको तर पछि विद्यार्थी आफँै भ्रमणमा गएछन् ।”

 

प्रतिक्रिया दिनुहोस
नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

    नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु आठ...

माछापुच्छ्रे बैंकको खुद नाफा १२ प्रतिशतले बढ्यो

     माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ११ करोड...

नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...