नाम चलेका उद्योगकै उत्पादन गुणस्तरहीन, १३ उद्योगविरुद्ध मुद्दा



हाम्रो इकोनोमि

 

ठूला औद्योगिक घरानाले सञ्चालन गरेका नाम चलेका उद्योगबाट उत्पादित खाद्यान्न न्युन गुणस्तरको भेटिएको छ ।

सुनसरी मोरङ औद्योगिक करिडोरका साथै झापा जिल्लामा समेत सञ्चालनमा रहेका १३ वटा ठूला र नाम चलेका उद्योगबाट उत्पादित चामल, दाल, तेल, चाउचाउ न्युन गुणस्तरको फेला परेको हो ।

 

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरले तयारी खाद्य बस्तुको गुणस्तर परिक्षण गर्ने क्रममा सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित ठूला ८ वटा र झापाका ५ वटा उद्योगबाट उत्पादित बस्तु न्युन गुणस्तरको फेला परेको छ ।

 

जसमा एशियन थाई फुड्स प्रालिबाट उत्पादित तयारी चाउचाउ रमपम, श्री बाबा भेजिटेबल आयलबाट उत्पादित सोयाबिन तेल, बागमती आयलको सनफ्लावर तेल, सागरमती फुड्सका उत्पादन बोर्नेटेड बेभरेज, धिरज चामल उद्योगको चामल, तरहरा सपिङ सेन्टरको रहरको दाल, विमल फुड्सको विमल भुजिया, हरि टी इण्डष्ट्रिजको चिया, नेपाल चिया विकास निगमको चिया न्युन गुणस्तरको फेला परेको हो ।

जसमा मध्ये एशियन थाई फुड्स प्रालिबाट उत्पादित रमपम चाउचाउ विदेशसमेत निर्यात हुँदै आएको छ ।

 

उद्योगविरुद्ध मुद्दा

गत आर्थिक वर्षको अन्ततिर क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले ती उद्योगबाट उत्पादित बस्तुको नमूना संकलन गरी परीक्षण गरेको थियो ।

 

उपभोक्ताको दैनिक भान्सामा पाक्ने चामल, दाल, तेल, तयारी चाउचाउ, जस्ता खाद्यान्न न्युन गुणस्तरको भेटिएपछि त्यस्ता उद्योगविरुद्ध मुद्दा दर्ता गरिएको छ । सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा उद्योगविरुद्ध खाद्य ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको कार्यालय प्रमुख प्रमोद कोइरालाले जानकारी दिए ।

 

‘नेपाल सरकारले गुणस्तरको स्तर सबै बस्तुमा तोकेको छ,’ कोइरालाले भने, ‘गुणस्तरको मात्रा अपुग भेटिएका उद्योगविरुद्ध प्रचलित ऐनअनुसार कार्वाहीको लागि प्रक्रिया अघि बढाइएको छ ।’

 

उनका अनुसार न्युन गुणस्तर रहेको खाद्य उत्पादन गर्ने त्यस्ता उद्योगलाई खाद्य ऐन अन्तर्गत ५ हजार जरिवाना, एक वर्षदेखि दुई वर्षसम्म कैद या दुवै सजायँ हुनेछ ।

प्रतिक्रिया दिनुहोस
पोल्ट्री व्यवसायीको माइतीघरमा आन्दोलन

    पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् । साना किसानको विस्थान बन्द गर्नु...

चार पाङ्ग्रे साना सवारीलाई नागढुङ्गा सुरुङमार्ग खुला

    नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि...

बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

    किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल...

बागमतीमा राप्रपा सांसदलाई दुई थरी निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप...