पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेहाल : विशेषज्ञ डाक्टर छैनन्, उपकरणले काम गर्दैनन्



हाम्रो इकोनोमि

 

गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केहि रोगका बिशेषज्ञ चिकित्सकको संख्या शुन्य छ भने करोडौंका उपकरण कामै नगर्ने भएका छन् । दैनिक एक हजार भन्दा बढी विरामीको भिड हुने सो अस्पतालमा सेवा नपाउँदा आर्थिक अवस्था कमजोर भएका विरामीले महंगा नीजि अस्पतालमा उपचार गर्नु परेको छ ।

 

 

सो अस्पतालमा अहिले बाल, न्युरो, मुटु, र छातीका सर्जन विशेषज्ञ डाक्टर बिहीन छ । ति रोगका एक÷एक विशेषज्ञ डाक्टरको दरबन्दी रहेपनि जनशक्ति नपाएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए । अस्पतालमा सहज सेवा दिनका लागि यि विषयमा चार जनाका दरले विशेषज्ञ डाक्टरको आवश्यकता छ ।

 

 

प्रतिष्ठानमा बाल सर्जन डाक्टर नभएको समेत लामो समय भइसक्यो । एकजना विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि काजमा राजधानीमै लगिएको र पछि सरुवा नै गरिएकाले अस्पतालले अभाव झेलिरहेको छ । जनरल सर्जरी डाक्टरले बालरोग विशेषज्ञ सर्जरीको काम चलाउनु परेको अस्पतालका निर्देशक डा. आचार्य बताए ।

 

निर्देशक आचार्यका अनुसार दरबन्दी अनुरुप पनि विभागले डाक्टर पठाएको छैन । पठाएकालाई पनि काजमा केन्द्रमै राखिएको छ । काजमा रहेकालाई फिर्ता पठाउन लेखेर पठाउँदा समेत फिर्ता नगरिएको उनले गुनासो गरे । ‘दरबन्दी नै कम छ, भएका दरबन्दीमा पनि डाक्टर पठाइन्न अनि समस्या त हुने नै भयो’ आएका विरामी बाहिर पठाउन बाध्य छौं,’ उनले भने ।

 

 

सिटी स्क्यान, एमआरआई र इन्डोस्कोपी सेवा छैन
पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा सिटी स्क्यान मेसिन विग्रेको एक वर्ष भन्दा बढी हुदा पनि मर्मत भएको छैन । अन्य उपकरण समेत विग्रने र मर्मत गर्न हुने ढिलाईले विरामी बाहिर जान बाध्य भइरहने अवस्था छ । इन्डोस्कोपि विग्रेको झण्डै एक महिना भयो । १८ लाख खर्च लाग्ने लागत अनुमान आएको र एक महिनामात्र वारेन्टी हुने भएकाले मर्मत गर्ने वा नयाँ खरिद गर्ने भन्नेमा प्रतिष्ठान अन्योलमा छ । अल्ट्रसाउन्ड मेसिन समेत विग्रिहरने समस्या छ । एमआरआई टेन्डर भएर नयाँ आउँने प्रक्रियामा छ । त्यसका लागि ठाउँ बनाउने काम भइरहेको निर्देशक अचार्यले बताए ।

 

 

डाक्टर दरबन्दी सय, आधा खाली
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि दैनिक ११ सय बिरामी आउँछन् । विभिन्न खालको प्रकोपको समयमा विरामीको संख्या बढको संख्या बढ्छ । सर्वसाधारणको पहुँचमा रहेको अस्पतालमा चिकित्सकको अभाव छ । सय जना चिकित्सकको दरबन्दी रहेपनि दरबन्दी अनुरुप चिकित्सक नपठाउने र अन्यत्र काजमा खटाउने हुँदा झन्डै ५० प्रतिशत डाक्टर कम छन् । सबै वार्डमा विशेषज्ञ र मेडिकल डाक्टरको अभाव रहेको निर्देशक आचार्यले बताए ।

 

अस्पताल विकास समितिले थप २८ डाक्टर ब्यवस्था गरेको छ । त्यसले पनि समस्या समाधान भएको छैन । पाँच सय बेड स्विकृत अस्पतालमा अहिले तीन सय ६६ बेड सञ्चालनमा छन् । त्यसको उपभोग ७५ प्रतिशत छ ।

 

नर्सको पनि अभाव
विरामीको रेखदेखमा खटिने नर्सको पनि अभाव छ । एक सय नर्स दर्बन्दीको ब्यवस्था छ । अस्पताल समितिले थप ७० नर्सको व्यवस्था गरेको छ । नियम अनुसार एक आइसियुमा एक नर्स हुनुपर्छ । पोष्ट अपरेटिभ वार्डमा दुई बेड बराबर एक नर्स चाहिन्छ । सामान्य बेडमा एक जना नर्सले ६ बेड हेर्ने हो । अस्पतालमा चार सिफ्ट चल्छ । एक सय ७० नर्स मध्ये कम्तिमा पनि १० प्रतिशत नर्स विदा बस्छन् । यस हिसावले ३० प्रतिशत नर्स अपुग रहेको प्रतिष्ठानका अधिकारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...