तल्लो बालुवाटार टोल सुधार समतिमा शोभा



हाम्रो इकोनोमि

 

नेपालीमा उखान छ आफ्नो गाउँ आफै बनाऊ । सबैलाई ईच्छा चाहना हुन्छ कि आफू बसेको ठाउँ सफा चट होस भन्ने ।

 

यस्कोे निम्ति समाजमा बस्ने मानिसहरुको एकता चाहिन्छ । एकताले मात्र नभई दृढ ईच्छाशक्ति पनि चाहिन्छ ।

हो यहि ईच्छाशक्ति भएका मानिसहरुले तल्लो बालुवाटारमा अहिले एउटा समूह निर्माण गरेका छन् । समूहको नाम तल्लो बालुवाटार टोल सुधार समिति रहेको छ । आज त्यसैको प्रथम वार्षिक साधारण सभा भयो ।

टोलमा बस्ने वयोबृद्ध हेम लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथि शिक्षासेवी राजाराम क्षेष्ठ रहनुभएको थियो ।

अन्य अतिथिमा टोलमै बसेर समितिका हरेका कामलाई अगाडी बढाउनको लागि महत्वपूर्ण भूमिका खेल्ने अभिनाश पन्त, विष्णु प्रसाद घिमिरे, निराजन पौडेल, सचेन्द्र अर्याल रहनुभएको थियो ।

कार्यक्रममा टोलको समग्र विकासका लागि खेल्न सक्ने भूमिका तथा गर्न सकिने कामको विषयमा वृहत छलफल तथा सोको निराकरणका बारेमा गहन छलफल भयो ।

अब आगामी दिनमा टोलमा व्यपक सुधार गर्ने प्रतिवद्धता सो भेलाबाट सबैले जनाए ।  सो भेलाबाट शोभा सापकोटा थापाको अध्यक्षतामा रहेको कार्यसमितिलाई नै सदर गर्ने काम भएको छ ।

जसमा उपाध्यक्षमा सुर्य कार्की,सचिवमा विनोद ढुङ्गेल,कोषाध्यक्षमा ध्रुवबहादुर भाट र सदस्यहरुमा जफुवा शेर्पा, मनोज शिवाकोटी,शक्तिबहादुर मगर, सतेन्द्र अर्याल रहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...