सरसफाई र जनचेतना जगाउने यस्तो छ दाह्री ग्याङ्को काम



हाम्रो इकोनोमि

 

धनुषाको मिथिला नगरपालिका , ढल्केवरमा युवाहरुको एउटा समूह छ , जसको नाम हो दार्ही ग्यागं ।

 

झट् सुन्दा यो नाम पक्कै डनगर्दी गर्ने युवाहरुको समूहको नाम जस्तो लाग्छ । तर यो दार्ही ग्यागं भने कहिले शहर सरसफाईमा जुट्छ भने कहिले चेतनामुुलक कार्यक्रमहरु लिएर गाउँ टोल चहार्छ ।

 

हालसालै आफ्नो गतिविधी सुरु गरेको दार्ही ग्यागंले आज ढल्केवरस्थित श्री महेन्द्र उच्च माध्यामिक विद्यालयमा अध्ययनरत ४९ जना दलित विद्यार्थीलाई कापी र कलम वितरण गरेको छ ।

कापी कलम वितरण कार्यक्रमका प्रमुख अतिथी थिए र्ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक सरोज राई र अतिथीहरु थिए सोही विद्यालयका प्रधानध्यापक रामदयाल महतो ।

दार्ही ग्यागंका सदस्यहरुको उपस्थिती रहेको कार्यक्रममा विद्यालयका सवैजसो शिक्षक र विद्यार्थीहरुको उपस्थिती थियो । दार्ही ग्यागंमा देशैभरीका चार सय युवा सदस्य रहेको दार्ही ग्यागंका एक सदस्य देवराज घिमिरेले वताए ।

कापी कलम ढल्केवरका वैदेशिक रोजगारमा रहेका युवाहरुको सहयोगमा उपलव्ध भएको हो । यस अघि यस ग्यागंले ढल्केवर वजार क्षेत्रमा रहेका करिव ३ सय पसलहरुमा फोहोर फाल्ने डस्विन वितरण गरेको थियो ।

 

विजयकुमार साह

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...