सरसफाई र जनचेतना जगाउने यस्तो छ दाह्री ग्याङ्को काम



हाम्रो इकोनोमि

 

धनुषाको मिथिला नगरपालिका , ढल्केवरमा युवाहरुको एउटा समूह छ , जसको नाम हो दार्ही ग्यागं ।

 

झट् सुन्दा यो नाम पक्कै डनगर्दी गर्ने युवाहरुको समूहको नाम जस्तो लाग्छ । तर यो दार्ही ग्यागं भने कहिले शहर सरसफाईमा जुट्छ भने कहिले चेतनामुुलक कार्यक्रमहरु लिएर गाउँ टोल चहार्छ ।

 

हालसालै आफ्नो गतिविधी सुरु गरेको दार्ही ग्यागंले आज ढल्केवरस्थित श्री महेन्द्र उच्च माध्यामिक विद्यालयमा अध्ययनरत ४९ जना दलित विद्यार्थीलाई कापी र कलम वितरण गरेको छ ।

कापी कलम वितरण कार्यक्रमका प्रमुख अतिथी थिए र्ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक सरोज राई र अतिथीहरु थिए सोही विद्यालयका प्रधानध्यापक रामदयाल महतो ।

दार्ही ग्यागंका सदस्यहरुको उपस्थिती रहेको कार्यक्रममा विद्यालयका सवैजसो शिक्षक र विद्यार्थीहरुको उपस्थिती थियो । दार्ही ग्यागंमा देशैभरीका चार सय युवा सदस्य रहेको दार्ही ग्यागंका एक सदस्य देवराज घिमिरेले वताए ।

कापी कलम ढल्केवरका वैदेशिक रोजगारमा रहेका युवाहरुको सहयोगमा उपलव्ध भएको हो । यस अघि यस ग्यागंले ढल्केवर वजार क्षेत्रमा रहेका करिव ३ सय पसलहरुमा फोहोर फाल्ने डस्विन वितरण गरेको थियो ।

 

विजयकुमार साह

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...