चलाउन सिक्दै गरेको ट्याक्सी म्याग्दीखोलामा खस्यो, आमा छोरा वेपत्ता



हाम्रो इकोनोमि

 

 

म्याग्दी सदरमुकाम बेनीबजार नजिक म्याग्दीखोलामा शुक्रबार बिहान ट्याक्सी खस्दा आमा(छोरा बेपत्ता भएका छन्। खुल्लामञ्चस्थित बहुउद्देश्यीय मैदानमा सिक्दै गरेको ध १ ज २५१ नम्बरको ट्याक्सी म्याग्दी खोलामा खस्दा जलजला गाउँपालिकामा बस्ने २६ वर्षीया शोभा अधिकारी र उनका ९ वर्षीय छोरा बेपत्ता भएका हुन्।

 

उनीहरुको खोजी कार्य जारी रहेपनि खोलाको बहाब उच्च रहेका कारण पत्ता लाग्न सकेको छैन। बिहानदेखि ट्याक्सी सिकिरहेका शोभाले छोरालाई राखेर चलाउन खोज्दा खोलामा खसेको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए।

 

बहुउद्देश्यीय मैदान र जिल्ला प्रहरी कार्यालयसँगै रहेको छ। म्याग्दी नदी माथि तटबन्ध गरेर २०६१(६२ मा बहुउद्देश्यीय मैदान बनाइएको थियो। उनीहरुलाई सिकाउने प्रशिक्षक हरि घिमिरे ११ बजे तिर खाना खान गएको बेला उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

 

आमा(छोरा न्यू बेनी ड्राईभिङ इस्टिच्यूटमार्फत ट्याक्सी सिक्न गएका थिए। दुर्घटना लगत्तै सुरक्षाकर्मीले कालीगण्डकी नदीको दोभान र पर्वत खण्डमा खोजी कार्यलाई तीब्र बनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...