चलाउन सिक्दै गरेको ट्याक्सी म्याग्दीखोलामा खस्यो, आमा छोरा वेपत्ता



हाम्रो इकोनोमि

 

 

म्याग्दी सदरमुकाम बेनीबजार नजिक म्याग्दीखोलामा शुक्रबार बिहान ट्याक्सी खस्दा आमा(छोरा बेपत्ता भएका छन्। खुल्लामञ्चस्थित बहुउद्देश्यीय मैदानमा सिक्दै गरेको ध १ ज २५१ नम्बरको ट्याक्सी म्याग्दी खोलामा खस्दा जलजला गाउँपालिकामा बस्ने २६ वर्षीया शोभा अधिकारी र उनका ९ वर्षीय छोरा बेपत्ता भएका हुन्।

 

उनीहरुको खोजी कार्य जारी रहेपनि खोलाको बहाब उच्च रहेका कारण पत्ता लाग्न सकेको छैन। बिहानदेखि ट्याक्सी सिकिरहेका शोभाले छोरालाई राखेर चलाउन खोज्दा खोलामा खसेको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए।

 

बहुउद्देश्यीय मैदान र जिल्ला प्रहरी कार्यालयसँगै रहेको छ। म्याग्दी नदी माथि तटबन्ध गरेर २०६१(६२ मा बहुउद्देश्यीय मैदान बनाइएको थियो। उनीहरुलाई सिकाउने प्रशिक्षक हरि घिमिरे ११ बजे तिर खाना खान गएको बेला उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।

 

आमा(छोरा न्यू बेनी ड्राईभिङ इस्टिच्यूटमार्फत ट्याक्सी सिक्न गएका थिए। दुर्घटना लगत्तै सुरक्षाकर्मीले कालीगण्डकी नदीको दोभान र पर्वत खण्डमा खोजी कार्यलाई तीब्र बनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...