लागूऔषध बिक्री गर्ने गिरोहका ५ जना यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

प्रहरीले लागू औषधसहित ललितपुरबाट ४ जनालाई पक्राउ गरेको छ ।

 

लागूऔषध कारोबार गरिरहेको अवस्थामा प्रहरीले कीर्तिपुर नगरपालिकाका विनोद मानन्धर, ललितपुर महालक्ष्मी नगरपालिका १० का विजय लामा, वीरगञज महानगरपालिका ११ का धनन्जय पुनमगर र सत्रुघन पासवानलाई पक्राउ गरेको हो ।

 

प्रहरीले उनीहरुको साथबाट नियन्त्रित लागू औषध डाइजेल्याब एम्पल ७७८ पिस, नुफिन एम्पल ७७८ पिस, फेरागन ७७८ पिस गरी जम्मा २३ सय ३४ पिस लागूऔषध बरामद गरेको ललितपुरका प्रहरी उपरीक्षक एसपी शेखर खनालले जानकारी दिए ।

 

कीर्तिपुरका विनोद मानन्धर ललितपुर महानगरपालिका ४ अफलडोलमा शंकास्पद अवस्थामा भेटेपछि प्रहरीले उनलाई पक्राउ गर्दा पोल खुलेको हो । प्रहरीले उनलाई डाइजेल्याब ३० पिस, नुफिन एम्पुल ३० पिस, फेरागन ३० पिससहित पक्राउ गरेको हो ।

 

उनले आफूलाई उक्त लागूऔषध महालक्ष्मी नगरपालिका १० लाकुरीभञ्ज्याङ बस्ने विजय लामाले बिक्री गर्न दिएको बताएका थिए । त्यसपछि प्रहरीले लामाको खाजी गर्दा ललितपुरको मानभवनमा लामाको साथबाट डाइजेल्याब ३५५ पिस, नुफिन एम्पुल ३५५, फेरागन ३५५ पिस फेला पारेको थियो ।

 

मानन्धर र लामा पक्राउ परेपछि उनीहरुको माध्यमबाट प्रहरीले थप दुई जना कारोबारी पनि पक्राउ गरेको छ । प्रहरीले वीरगञ्जका धनन्जय पुनमगर र सत्रुघन पासवानलाई ललितपुर महानगरपालिका २ बाट पक्राउ गरेको हो ।

 

उनीहरुले २ वटा ग्यालेनमा डाइजेल्याब ३९८ पिस, नुफिन ३९३ पिस र फेरागन ३९३ पिस बोकेका थिए । अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको एसपी खनालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...