लागूऔषध बिक्री गर्ने गिरोहका ५ जना यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

प्रहरीले लागू औषधसहित ललितपुरबाट ४ जनालाई पक्राउ गरेको छ ।

 

लागूऔषध कारोबार गरिरहेको अवस्थामा प्रहरीले कीर्तिपुर नगरपालिकाका विनोद मानन्धर, ललितपुर महालक्ष्मी नगरपालिका १० का विजय लामा, वीरगञज महानगरपालिका ११ का धनन्जय पुनमगर र सत्रुघन पासवानलाई पक्राउ गरेको हो ।

 

प्रहरीले उनीहरुको साथबाट नियन्त्रित लागू औषध डाइजेल्याब एम्पल ७७८ पिस, नुफिन एम्पल ७७८ पिस, फेरागन ७७८ पिस गरी जम्मा २३ सय ३४ पिस लागूऔषध बरामद गरेको ललितपुरका प्रहरी उपरीक्षक एसपी शेखर खनालले जानकारी दिए ।

 

कीर्तिपुरका विनोद मानन्धर ललितपुर महानगरपालिका ४ अफलडोलमा शंकास्पद अवस्थामा भेटेपछि प्रहरीले उनलाई पक्राउ गर्दा पोल खुलेको हो । प्रहरीले उनलाई डाइजेल्याब ३० पिस, नुफिन एम्पुल ३० पिस, फेरागन ३० पिससहित पक्राउ गरेको हो ।

 

उनले आफूलाई उक्त लागूऔषध महालक्ष्मी नगरपालिका १० लाकुरीभञ्ज्याङ बस्ने विजय लामाले बिक्री गर्न दिएको बताएका थिए । त्यसपछि प्रहरीले लामाको खाजी गर्दा ललितपुरको मानभवनमा लामाको साथबाट डाइजेल्याब ३५५ पिस, नुफिन एम्पुल ३५५, फेरागन ३५५ पिस फेला पारेको थियो ।

 

मानन्धर र लामा पक्राउ परेपछि उनीहरुको माध्यमबाट प्रहरीले थप दुई जना कारोबारी पनि पक्राउ गरेको छ । प्रहरीले वीरगञ्जका धनन्जय पुनमगर र सत्रुघन पासवानलाई ललितपुर महानगरपालिका २ बाट पक्राउ गरेको हो ।

 

उनीहरुले २ वटा ग्यालेनमा डाइजेल्याब ३९८ पिस, नुफिन ३९३ पिस र फेरागन ३९३ पिस बोकेका थिए । अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको एसपी खनालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...