कृषिबाटै प्रदेश ३ लाई संमृद्ध बनाउँछौंः मन्त्री दावा लामा



हाम्रो इकोनोमि

 

प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले युवालाई स्वरोजगार बनाएर कृषिबाटै प्रदेशलाई संमृद्ध बनाइने बताएका छन् ।

 

आरम्भ फाउण्डेशनले आज (विहिवार) भरतपुरमा आयोजना गरेको उत्प्रेणात्मक कार्यक्रम “सुरुवात आफैबाट“ को उद्घाटन गर्दै मन्त्री लामाले सामुहिक कृषि अभियानमार्फ बिदेसिएका युवाहरुलाई स्वदेश फिर्ता गरिने बताए ।

 

“प्रदेश सरकारले विदेशवाट फर्केका र विदेश जान लागेका १४ सय बढि युवालाई तालिमको व्यवस्था गर्दैछ,उनले भने सामुहिक खेतीमार्फत कृषि क्षेत्रमा परिवर्तन ल्याउँछौं ।” उनले किसानलाई निरासा होइन प्रोत्साहन हुने खालका कार्यक्रम प्रदेशको कृषि मन्त्रालयले संचालन गर्ने दावी गरे ।

 

आरम्भ फाउण्डेशनले शिक्षाबाट बन्चित नहुन भन्ने उदेश्यले असाहाय वालवालिकालाई विभिन्न कार्यक्रम गरेर पठनपाठनको व्यवस्था गरेको छ । कार्यक्रममा सौनक भट्ट,नवराज पराजुली,डा।भोजराज अधिकारी र डा। होम बहादुर बस्नेत लगाएले कार्यक्रममा उत्प्ररणात्मक प्रस्तुती दिएका थिए ।

 

कार्यक्रमको मुख्य प्रायोजन नारायणगढमा रहेको ग्लोबल रिच कन्सलटेन्सीले गरेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष सुदिप भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...