कृषिबाटै प्रदेश ३ लाई संमृद्ध बनाउँछौंः मन्त्री दावा लामा



हाम्रो इकोनोमि

 

प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले युवालाई स्वरोजगार बनाएर कृषिबाटै प्रदेशलाई संमृद्ध बनाइने बताएका छन् ।

 

आरम्भ फाउण्डेशनले आज (विहिवार) भरतपुरमा आयोजना गरेको उत्प्रेणात्मक कार्यक्रम “सुरुवात आफैबाट“ को उद्घाटन गर्दै मन्त्री लामाले सामुहिक कृषि अभियानमार्फ बिदेसिएका युवाहरुलाई स्वदेश फिर्ता गरिने बताए ।

 

“प्रदेश सरकारले विदेशवाट फर्केका र विदेश जान लागेका १४ सय बढि युवालाई तालिमको व्यवस्था गर्दैछ,उनले भने सामुहिक खेतीमार्फत कृषि क्षेत्रमा परिवर्तन ल्याउँछौं ।” उनले किसानलाई निरासा होइन प्रोत्साहन हुने खालका कार्यक्रम प्रदेशको कृषि मन्त्रालयले संचालन गर्ने दावी गरे ।

 

आरम्भ फाउण्डेशनले शिक्षाबाट बन्चित नहुन भन्ने उदेश्यले असाहाय वालवालिकालाई विभिन्न कार्यक्रम गरेर पठनपाठनको व्यवस्था गरेको छ । कार्यक्रममा सौनक भट्ट,नवराज पराजुली,डा।भोजराज अधिकारी र डा। होम बहादुर बस्नेत लगाएले कार्यक्रममा उत्प्ररणात्मक प्रस्तुती दिएका थिए ।

 

कार्यक्रमको मुख्य प्रायोजन नारायणगढमा रहेको ग्लोबल रिच कन्सलटेन्सीले गरेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष सुदिप भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...