महाकाली नदीमा एक युवक यसरी भए वेपत्ता



हाम्रो इकोनोमि

 

 

महाकाली नदीमा एक युवक वेपत्ता भएका छन् । व्याँस गाउँपालिका(५ स्याँकु बस्ने अन्दाजी वर्ष १८ का रबी धामी बिहीबार विहान नदी तर्ने क्रममा वेपत्ता भएका हुन् ।

 

दार्चुलाको व्याँस गाउँपालिका अन्तरगत पर्ने बुदी भन्ने क्षेत्रमा महाकाली नदीमा तरेर भारत जाने बेला धामी महाकालीमा डुवेको स्थानीय अञ्जली धामीले जानकारी दिइन् ।

 

स्थानीयले धामी महाकालीमा वेपत्ता भएको खबर गरेपछि प्रहरी चौकी सितापुलबाट प्रहरी सहायक निरीक्षक दीपक थापा नेतृत्वको चार सदस्यीय टोली घटनास्थल हिँडेको छ ।

 

वेपत्ता धामी तुइन तर्ने बेला हो वा चिप्लेर महाकाली नदीमा बेपत्ता भएका हुन् भन्ने कुरा समेत जानकारीमा नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...