महाकाली नदीमा एक युवक यसरी भए वेपत्ता



हाम्रो इकोनोमि

 

 

महाकाली नदीमा एक युवक वेपत्ता भएका छन् । व्याँस गाउँपालिका(५ स्याँकु बस्ने अन्दाजी वर्ष १८ का रबी धामी बिहीबार विहान नदी तर्ने क्रममा वेपत्ता भएका हुन् ।

 

दार्चुलाको व्याँस गाउँपालिका अन्तरगत पर्ने बुदी भन्ने क्षेत्रमा महाकाली नदीमा तरेर भारत जाने बेला धामी महाकालीमा डुवेको स्थानीय अञ्जली धामीले जानकारी दिइन् ।

 

स्थानीयले धामी महाकालीमा वेपत्ता भएको खबर गरेपछि प्रहरी चौकी सितापुलबाट प्रहरी सहायक निरीक्षक दीपक थापा नेतृत्वको चार सदस्यीय टोली घटनास्थल हिँडेको छ ।

 

वेपत्ता धामी तुइन तर्ने बेला हो वा चिप्लेर महाकाली नदीमा बेपत्ता भएका हुन् भन्ने कुरा समेत जानकारीमा नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...