पेशा ढाँट्दै ठगी गर्ने सिटौला यसरीपरे प्रहरीकको फन्दामा



हाम्रो इकोनोमि

 

 

ग्राहक अनुसार फरक फरक नक्कली परिचय दिएर ठगी गर्ने नुवाकोटका एक ब्यक्ती पक्राउ परेका छन् । नुवाकोटको पन्चकन्याका ४८ वर्षका हरिप्रसाद सिटौलाले कसैलाई चिकित्सक र कसैलाई दूतावासको कर्मचारी हुँ भन्दै ठगेपछि प्रहरीले पक्राउ गरेको हो ।

 

दूतावासको कर्मचारी हुँ भन्दै विभिन्न देश पठाउने र चिकित्सक हुँ भन्दै अस्पतालमा जागिर लगाइदिने बहानामा ठगी गर्दै आएका थिए । उनले सुबास सिटौला, डा। सुरेश उप्रेती र पिताम्बर शर्मा लगायत नाम बताउने गरेका थिए।

 

ठाउँ अनुसार उनी भारत, पाकिस्तान,जापान,अमेरिका,अस्ट्रेलिया लगायत देशको दुतावास कर्मचारी भएको बताउने गरेको खुलेको प्रहरीले जनाएको छ ।

 

कसैलाई टिचिङ अस्पतालको हार्ड जोर्नी डाक्टर , कसैलाई भरतपुर क्यान्सर अस्पतालको डाक्टर बताउने सिटौलालाई महाशाखाले ठगी मुद्धामा अनुसन्धान अगाडि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...