सगरमाथा सिमेन्टमा कालोबजारी, सिमेन्टको उत्पादन र बिक्री वितरण नै यसरी भयो बन्द



हाम्रो इकोनोमि

 

सगरमाथा ब्राण्डको सिमेन्ट गुणस्तरहीन भएको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले बिक्री वितरण बन्द गर्न निर्देशन दिएको छ ।

 

गुणस्तर तथा नापतौल विभागले सगरमाथा सिमेन्टको उत्पादन गुणस्तरहीन भएको प्रमाणित गरेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सिमेन्ट बिक्री वितरण बन्द गर्न निर्देशन दिएको हो ।

कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उक्त उद्योगलाई बिक्री वितरण बन्द गर्न साथै थप कारबाही समेत गर्ने जनाएको छ । उक्त सिमेन्टको प्रयोग नगर्न कार्यालयले सर्वसाधारणलाई समेत अनुरोध गरेको छ ।

 

उद्योगलाई कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही गर्न प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

उक्त ब्राण्डको सिमेन्टको उद्योग भने दाङको घोराहीमा रहेको छ । घोराहीबाट उत्पादन हुँदै आएको सिमेन्ट बर्दियाको गुलरिया नगरपालिकामा अनुगमनका क्रममा गुणस्तरहीन भएको शंका गरिएको थियो ।

 

गुणस्तरहीन भएको आशंकामा जिल्ला प्रशासन कार्यालयले बर्दियाले परीक्षणका लागि गुणस्तर तथा नापतौल विभागमा अनुरोध गरेको थियो । विभागले सिमेन्ट गुणस्तरहीन भएको ठहर गरेपछि उद्योगलाई कारबाही गर्न लागिएको हो ।

 

अर्को निर्णय नहुञ्जेलसम्म उद्योगको उत्पादन कार्य बन्द गर्न समेत जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचार गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...