घरजग्गा कारोवारबाट रु दुई करोड २८ लाख राजश्व



हाम्रो इकोनोमि

 

 

जिल्लामा घरजग्गा कारोवारबाट म्याग्दीमा आर्थिक वर्ष २०७४÷७५ मा रु दुई करोड २८ लाख ३९ हजार राजश्व संकलन भएको छ ।

 

जिल्ला मालपोत कार्यालयका अधिकृत मुकुन्द पौडेलका अनुसार गवत आवमा ग्रामीण क्षेत्रमा एक हजार १८४ र शहरी क्षेत्रमा एक हजार ७९ घरजग्गाको लिखत पास भएको थियो । आव २०७३÷७४ मा एक हजार ९०८ रजिस्टे«शन पास हुँदा रु एक करोड ६४ लाख ५९ हजार राजश्व संकलन भएको थियो । आव २०७२÷७३ मा दुई हजार २५२ रजिस्टे«शन पास हुँदा रु एक करोड ७७ लाख २५ हजार राजश्व उठेको थियो ।

 

राजनीतिक स्थिरता, संघीयताको कार्यान्वयन, मुआब्जा वितरणलगायत कारणले गत आवमा घरजग्गाको कारोवार बढेको पौडेलले बताउनुभयो । गत आवमा रु एक करोड ८३ लाख ४२ हजार राजश्व संकलनको लक्ष्य राखिएको थियो । लक्ष्य गरेभन्दा ११७ प्रतिशत बढी राजश्व संकलन भएको अधिकृत पौडेलले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...

पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...