कैलालीको लम्कीचुहा नगरपालिका–८ गर्कामा दुर्घटनामा एकको मृत्यु, सात घाइते



हाम्रो इकोनोमि

 

कैलालीको लम्कीचुहा नगरपालिका–८ गर्कामा आज बिहान गाडीको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत नेपालगन्जबाट धनगढीतर्फ जाँदै गरेको भे१ज ६३५ नंको हायसले ठक्कर दिँदा सोही नगरपालिका–९ खुमरियाका ६५ वर्षीय पञ्चराम चौधरीको टीकापुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो ।

साइकल यात्रु चौधरीको बाटो काट्ने क्रममा हायसले ठक्कर दिँदा मृत्यु भएको प्रहरी नायब उपरीक्षक वलीले बताउनुभयो ।

हायसमा सवार सात जना यात्रु रहेको र उनीहरु सामान्य घाइते भई टीकापुरस्थित रत्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । चालक र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ ।फाईल तस्विर

प्रतिक्रिया दिनुहोस
पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...

पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...