सुनुवाई समितिले आज पनि प्रधानन्यायाधीशबारे निर्णय लिन सकेन



हाम्रो इकोनोमि

 

 

संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे बुधबार पनि निर्णय गर्न सकेन ।

अर्को बैठक पर्सि बस्नेछ ।

समितिले १० गते नै सुनुवाई गरेको थियो । त्यसयता दुई बैठक बस्दै नबसी स्थगित भयो भने बुधबारसहित दुई वटा बैठक बसेर पनि जोशीबारे कुनै निर्णय लिन सकेन ।

 

बुधबार दिउँसो ३ बजे बोलाइएको सुनुवाई समितिको बैठक निकै ढिला गरी सुरु भएको थियो । बैठकमा प्रमुख विपक्षी कांग्रेसले पूर्वसांसद कृष्णकुमार जोशीको निधनको शोकमा बैठक स्थगित गर्न माग गरेको थियो । नभए बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक पर्सि १० बजेका लागि सारिएको स्रोतले जनाएको छ ।

 

यसअघि पनि बैठक चार पटक सारिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...