बाख्रा चराउन गएका ११ वर्षीय बालक महाकालीमा बेपत्ता



हाम्रो इकोनोमि

बाख्रा चराउन गएका ११ वर्षीय बालक पानी खान खोज्दा ढुंगाबाट चिप्लेर महाकाली नदीमा बेपत्ता भएका छन् ।

महाकाली नदीले बगाएर डडेल्धुरा पर्शुराम नगरपालिका–५ का प्रवेश सिंह बेपत्ता भएका इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । जिल्लाको पर्शुराम नगरपालिका–५, परिगाउँका ११ वर्षीय प्रवेश सिंह मंगलबार साँझ बाख्रा चराउने क्रममा नदीका पानी पिउन खोज्दा महाकालीमा बगेर बेपत्ता भएका हुन् ।

बाख्रा चराउन गएका सिंह पानी पिउने क्रममा ढुंगाबाट चिप्लेर नदीमा बगेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले बताउनुभयो । प्रहरी र गाउँलेले उनको खोजी कार्य जारी राखेको भए पनि अहिलेसम्म फेला नपरेका इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिनुभयो ।

बेपत्ता बालकको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय जोगबुढालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
पोखरामा बस दुर्घटना, ५ जनाको मृत्यु, १९ घाइते

     पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा...

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...