मेरो गजल तिम्रो लागि सार्वजनिक



हाम्रो इकोनोमि

पचपन्न सालदेखि गजल लेखनमा सक्रिय गजलकार संजिता देउजाको पहिलो गजल एल्वम ‘‘मेरो गजल तिम्रो लागि’ सार्वजनिक भएको छ । बरिष्ठ गीतकार डा.कृष्णहरि बरालले एल्वम सार्वजनिक गर्नुभएको हो । प्रमुख अतिथि डा. कृष्णहरि बरालले एल्वममाथि बोल्दै नेपाली गजल संगीतमा मेरो गजल तिम्रो लागि उत्कृष्ट संकलनका रुपमा आएको बताउनुभयो ।

उहाँले गीत संगीत लोकप्रिय हुन स्वर, संगीत, एरेन्ज, भिडियो भन्दा पनि गीत, गजल नै शब्द संरचना र लयका हिसावले उत्कृष्ट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा ज्ञानुवाकर पौडेलले संजिताको गजल लेखनमाथि चर्चा गर्दै भन्नुभयो, “जुनबेला संजिताले गजल लेख्न थाल्नुभएको थियो, त्यो बेला महिला गजलकार कमै थिए । उहाँ निकै सम्भावना भएको गजलकार हो । विदेशको व्यस्तताले अलि हराउनुभयो । त्यति हुँदाहुँदै पनि गजल एल्वम निकाल्नुभयो, खुशीको कुरा हो ।”

उहाँले भन्नुभयो, “गजललाई कविता र गीतबाट अलग गर्नुहुन्न । संजिताका गजलमा कविता र गीत पनि पाइन्छ ।”

कार्यक्रमका प्रमुख अतिथि डा.कृष्णहरि बराल, उन्नति बोहरा शीला, गजलकार ज्ञानुवाकर पौडेल, मेरिना स्मृति र संजिता देउजाले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा प्राज्ञ तथा गीतकार उन्नति बोहरा शीलाले गजलमाथि चर्चा गर्दै सुनोलो भविश्व बोकेकी संजिताका गजल नेपाली संगीतको क्षेत्रमा एउटा चम्किलो तारा भएको बताउनुभयो ।

कार्यक्रममा गजलकार संजिता देउजाले अतिथि तथा सहयोगीहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । एल्वममा विभिन्न समयमा लेखिएका संजिताका आठ गजल संग्रहित छन् । एल्वममा सत्यराज आचार्य, स्वरुपराज आचार्य र दीपक थापाको स्वर रहेको छ । सत्य स्वरुपको संगीत रहेको एल्वममा तिम्रो लागि…, छ अझै…, जवाव यौटा…, दैवको हातमा…, कुनै बेला म…, एक मानिस…, किन ?..र अनुरोध…बोलका गजल रहेका छन् । एल्वममा तीन तीन गजल सत्य स्वरुप तथा दुई गजल दीपक थापाले गाउनुभएको छ ।
महेन्द्र भवन कन्या स्कुलमा अध्ययन गर्दैदेखि गीत, गजल, मुक्तक र कविता लेखनमा रुचि राख्ने गजलकार संजिताका एक सयभन्दा बढी गजल रहेका छन् । त्यसमध्ये २५ भन्दा बढी रेकर्डमा रहेका छन् । उहाँका गजल र कविता मधुपर्कलगायत पत्रपत्रिकामा प्रकाशित हुँदैआएका छन् ।

अध्ययनको शीलसिलामा बेलायतमा रहदैआउनुभएकी गजलकार देउजाको संयुक्त मुक्तक संग्रह ‘मुक्तक महक’ प्रकाशित छ । त्यस्तै गायक दीपक थापाको एल्वम होराइजनमा समेत गजलकार देउजाको गजल संग्रहित छ ।

 

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...