चियामा विष मिसाई  ज्यान लिने सिंह यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

विष खुवाएर ज्यान लिने एकजना प्रहरीको फन्दामा परेका छन्।जाजरकोट कुशे गाउँपालिका( ५ जहरगाँउ ढिमेका १७ वर्षीय प्रकाश सिंहलाई विष खुवाएर ज्यान लिएको आरोपमा पक्राउ गरी प्रहरीले सोमबार सार्वजानीक गरेको हो।

 

यहि श्रावण ११ गते विष नुन चिया९भोटेचिया०मा मिसाएर खुवाउँदा जगदुल्ला गाउँपालिका(२ का ३० वर्षीय दर्शन बुढाथोकीको मृत्यु भएको थियो। विष हालेको चिया खादा ४३ वर्षीय झलकमान घर्ती भनिने ईन्द्रजित जिसी र ४५ वर्षीय चन्द्रकुमारी बुढाथोकी अचेत भएका थिए। उनीहरुको हाल कोहलपूर मेडिकल बलेजमा उपचारमा भइरहेको छ।

 

घटनालगत्तै आफन्तले जिल्ला प्रहरी कायालयमा जाहेरी गरेपछि अभियुक्त प्रकाश सिंहलाई प्रहरीले १२ गते पक्राउ गरी जिल्लामा ल्याएको थियो। अभियुक्त प्रकाशले मृतक दर्शन बुढाथोकीलाई मार्ने उदेश्य नभएर होटेल साउनी चन्द्रकुमारी बुढाथोकीलाई मार्न विष प्रयोग गरेको प्रहरीसमक्ष बयान दिएका छन्।

 

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्माले भने अभियुक्त प्रकाश सिंहका अनुसार चन्द्रकुमारी बुढाथोकीले आफूलाई अपाच्य शब्द प्रयोग गरी तथानाम गाली गरेका कारण चन्द्रकुमारीलाई मार्ने उद्देश्यले भोड्का बोतलमा विष घोलेर नुन चिया९भोटेचिया०मा मिसाएको बताएका छन्। प्रकाश वैशाखदेखि यार्सा संकलन गर्न डोल्पामा बस्दै आएका थिए।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...