गृहमन्त्री थापाको नजर एसएसपी पोखरेलमा, गुण्डागर्दी नरोकेको भन्दै यिनलाई पु¥याईदैछ जुम्ला



हाम्रो इकोनोमि

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेललाई हटाउने तयारी भइरहेको छ।

 

१ फागुन ०७४ मा परिसर प्रमुखको जिम्मेवारी पाएका पोखरेलले गुण्डागर्दी र अवैध क्रियाकलापविरुद्ध आक्रामक नीति लिएका थिए। सोही कारण उनी त्यस्ता समूहको तारो बन्दै आएका छन्।

उनी परिसर प्रमुख बनेयता काठमाडौंको शान्ति सुरक्षामा सुधार आएको छ। फागुनयता चोरीका घटना ४० प्रतिशत, अपहरण र शरीर बन्धक ५० प्रतिशत र संगठित अपराधमा ७५ प्रतिशतले कमी आएको छ। यस्तै, गुण्डागर्दी, हातहतियार र विष्फोटक प्रयोगमा ६० प्रतिशतले कमी आएको छ। अपहरण र जबरजस्ती करणीका मुद्दा शून्यमा झरेका छन्।

 

अवैध रूपमा नेपाली नागरिकलाई प्रवेश दिएको अभियोगमा एसएसपी पोखरेलले होटेल सोल्टीस्थित क्यासिनो महजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठलगायत आठ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएका थिए।

यस्तै, सुन तस्करी र कालोबजारीमा संलग्न समूहहरूको दबाबमा एसएसपी पोखरेलको सरुवा गर्ने तयारी भइरहेको स्रोतको भनाइ छ। उनी आफ्नै ब्याचका एसएसपीहरूको पनि तारो बनेका छन्।

 

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली निकटस्थ व्यापारी आङछिरिङ शेर्पाको सहयोगमा एसएसपी हरि पालले पोखरेललाई हटाएर परिसर प्रमुख बन्न ुलबिङु गरिरहेका छन्। एसएसपी पाल हाल धरानस्थित संघीय प्रहरी एकाइ कार्यालयका प्रमुख छन्।

यस्तै, बुटवलस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रका एसएसपी उत्तम सुवेदी पनि काठमाडौं परिसरमा सरुवा मिलाउने ुलबिङुमा छन्। उनले गृह मन्त्रालयमार्फत् प्रयास गरिरहेको स्रोत बताउँछ।

 

गृह मन्त्रालयले गठन गरेको साढे ३३ किलो सुन तस्करी प्रकरण छानविनका लागि गठित समितिमा सदस्य रहेका एसएसपी वसन्तकुमार लामा पनि परिसरमा जाने दौडधुपमा रहेको स्रोतको भनाइ छ। स्रोतका अनुसार समितिको कार्यावधि सकिएकाले लामो समय प्रहरी प्रधान कार्यालयका विभिन्न जिम्मेवारीमा रहेका उनी ुकमान्डुमा जाने प्रयासमा छन्।

सम्झौता नगर्ने स्वभावका कारण एसएसपी पोखरेललाई परिसरबाट हटाउन अर्का एक एयरलाइन्स सञ्चालक पनि लागिपरेको स्रोतको भनाइ छ। काठमाडौं परिसरको एसएसपी आकर्षक र शक्तिशाली ुपोस्टिङु मानिन्छ। यसमा राजनीतिक स्वार्थ र व्यापारिक चलखेल जोडिएको हुन्छ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...