ट्याक्टरले बनाएको खाल्डोमा परेर एक वृद्धको मृत्यु



हाम्रो इकोनोमि

 

 

सडकमा ट्याक्टरले बनाएको खाल्डोमा परेर तेह्रथुममा एक व्यक्तिको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका–१ स्थित जिविस टोलबाट गणेश इँटा उद्योग जाने बाटोमा ट्याक्टरले बनाएको खाल्डामा परेर म्याङलुङ्ग नगरपालिका–१०, तम्फुलाका झाँक्री कान्छा भनिने करिब ६० वर्षीय ठगबहादुर पुर्कुटीको मृत्यु भएको हो ।

 

ठगबहादुरको शव शनिबार बिहानै सडकमा ट्रयाक्टरले बनाएको खाल्डोमा लडेको अवस्थामा फेला परेको थियो । उनीको मुन्टो खाल्डोमा रहेको हिलोमा जोतिएको थियो । खाल्डोमा घोप्टिएर लडेपछि उठ्न नसकेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयबासीले भने पुर्कुटीले मादक पदार्थ सेवक गरेर हिड्ने भएका कारण लडेर मृत्यु भएको हुनसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...