ट्याक्टरले बनाएको खाल्डोमा परेर एक वृद्धको मृत्यु



हाम्रो इकोनोमि

 

 

सडकमा ट्याक्टरले बनाएको खाल्डोमा परेर तेह्रथुममा एक व्यक्तिको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका–१ स्थित जिविस टोलबाट गणेश इँटा उद्योग जाने बाटोमा ट्याक्टरले बनाएको खाल्डामा परेर म्याङलुङ्ग नगरपालिका–१०, तम्फुलाका झाँक्री कान्छा भनिने करिब ६० वर्षीय ठगबहादुर पुर्कुटीको मृत्यु भएको हो ।

 

ठगबहादुरको शव शनिबार बिहानै सडकमा ट्रयाक्टरले बनाएको खाल्डोमा लडेको अवस्थामा फेला परेको थियो । उनीको मुन्टो खाल्डोमा रहेको हिलोमा जोतिएको थियो । खाल्डोमा घोप्टिएर लडेपछि उठ्न नसकेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयबासीले भने पुर्कुटीले मादक पदार्थ सेवक गरेर हिड्ने भएका कारण लडेर मृत्यु भएको हुनसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...