प्रधानमन्त्रीले मागे विदेश घुम्ने कर्मचारीको विवरण, पैसाको मात्र मुख ताकी जनताको सेवा नगर्ने कर्मचारीलाई यसरी हान्दै भाटा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीति अन्तर्गत मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेको बताएका छन् ।

 

नेपाल नगरपालिका संघको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले विदेश जाने, घुमेर आउने मात्र गर्नाले ठूलो धनराशी खर्च हुने तर उपलब्धी शून्य हुने आफ्नो निष्कर्ष रहेको बताए ।

‘गत बर्ष मन्त्रालयगत रुपमा कति कर्मचारी विदेश गएका छन् त्यस वापत कति रकम खर्च भएको छ त्यसको पूर्ण विवरण मैले मगाएको छु’ प्रधानमन्त्री ओलीले भने ‘साउन २० गतेसम्ममा यो विवरण प्राप्त हुन्छ । त्यसपछि विदेश भ्रमणको उपलब्धी र क्षतिबारे समीक्षा हुन्छ ।’

 

प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई पनि खर्चमा कडाइ गरेको जानकारी दिए । दाताको खर्चमा विदेशमा जाँदा आन्तरिक खर्च नभए पनि सेवाग्राहीलाई दिनुपर्ने समयको क्षति हुने उनको भनाइ छ ।

 

महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई विभिन्न बिषयमा ध्यानाकर्षण पत्र बुझाएको छ । प्रतिनिधिमण्डलले कर्मचारी समायोजनमा तदारुकता देखाउनुपर्ने, विषयगत कार्यालयको हस्तान्तरण गर्नुपर्ने, एकीकृत सम्पत्ति करको निरन्तरता, जनप्रतिधिहरुको सुरक्षाको प्रत्याभूतिलगायत १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

 

प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरुसँग यस बिषयमा छलफल गर्ने आश्वासन दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...