फर्निचर उद्योगबाट काठ चोरेर लैजाँदै गर्दा ट्रकसहित ५ जना यसरी परे रङ्गेहात पक्राउ



हाम्रो इकोनोमि

 

फर्निचर उद्योगबाट काठ चोरी गरेर लैजाँदै गर्दा प्रहरीले ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

सूर्यविनायक नगरपालिका ४ दधिकोट एकताचोकमा शिवजी श्रेष्ठको खाँडादेवी फर्निचर उद्योगको कम्पाउण्डबाट सालको काठ चोरी गरेर लैजाँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

अन्दाजी २५ क्यविक फिट काठ बा १ ख ८६१० नम्बरको मिनी ट्रकमा राखेर लैजाँदै गर्दा चालक काभ्रे फूलबारीका विकास तामाङ, दोलखा गौरीशंकर ६ का भीम तामाङ, सिन्धुली घ्याङ्लेक ७ का राजकुमार थोकर र टल्के थोकर र रामेछाप सुनपाती २ का दीपक खपाङ्गी पक्राउ परेका हुन् ।

 

बिहीबार राति सवा १ बजे भक्तपुरको बालकोट चोकमा गस्तीको टोलीले काठ र गाडीसहित उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...