फर्निचर उद्योगबाट काठ चोरेर लैजाँदै गर्दा ट्रकसहित ५ जना यसरी परे रङ्गेहात पक्राउ



हाम्रो इकोनोमि

 

फर्निचर उद्योगबाट काठ चोरी गरेर लैजाँदै गर्दा प्रहरीले ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

सूर्यविनायक नगरपालिका ४ दधिकोट एकताचोकमा शिवजी श्रेष्ठको खाँडादेवी फर्निचर उद्योगको कम्पाउण्डबाट सालको काठ चोरी गरेर लैजाँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

अन्दाजी २५ क्यविक फिट काठ बा १ ख ८६१० नम्बरको मिनी ट्रकमा राखेर लैजाँदै गर्दा चालक काभ्रे फूलबारीका विकास तामाङ, दोलखा गौरीशंकर ६ का भीम तामाङ, सिन्धुली घ्याङ्लेक ७ का राजकुमार थोकर र टल्के थोकर र रामेछाप सुनपाती २ का दीपक खपाङ्गी पक्राउ परेका हुन् ।

 

बिहीबार राति सवा १ बजे भक्तपुरको बालकोट चोकमा गस्तीको टोलीले काठ र गाडीसहित उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...