कांग्रेसले अझै दुःख दिन सक्छ भन्दै संसदीय दलको बैठकमा सुवास नेम्वाङले यसरी गरे ब्रिफिङ



हाम्रो इकोनोमि

चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिन लामो अनशन बसेका डाक्टर गोविन्द केसीको भोक हड्ताल टुंग्याउन निर्णायक भूमिका खेलेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता सुवास नेम्वाङले कांग्रेसले ‘अझै दुःख दिनसक्ने’ ब्रिफिङ संसीदय दलको बैठकमा गरेका छन् ।

संसदीय दलका उपनेता नेम्वाङले केसी अनशनको निहुँमा कांग्रेसले दुवै सदन अवरुद्ध गरको भन्दै आफैँले प्रस्तुत गरेको विरोधको सूचनासमेत प्रस्तुत गर्न नदिएर सदनलाई अप्ठ्यारो पारेको धारणा राखे । “गोविन्द केसीसँग सहमति भइसकेपछि दुवै सदनको अवरोध हट्नुपर्ने हो,” नेम्वाङले सांसद्लाई बिफ्रिङ गरे, “तर कांग्रेसको भर छैन ।”
सदन र सडक दुवै अवरुद्ध गरेर कांग्रेसले सरकारलाई अप्ठ्यारो पार्न खोजेको उनको आशय थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्का नेता देव गुरूङले दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक केसीसँगको सात बुँदे सहमतिको छोटकरीमा बिफ्रिङ गर्दै सात बुँदे सहमतिको मर्म र भावना अनुरूपै विधेयक अघि बढ्न सांसद्लाई निर्देशन दिएको जानकारी दिए ।

त्यस्तै उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालले पनि सात बुँदे सहमति गर्न पार्टीले खेलेको भूमिकाबारे प्रकाश पार्दै सहमतिको मर्मअनुरूप अघि बढ्न सांसद्हरूलाई निर्देशन दिए । चिकित्सक केसीसँगको सहमतिमा सांसद्ले सहयोग पुर्याउनुपर्ने उनको भनाइ छ ।

संसद्को बैठक आजै दिउँसो १ बजे बोलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं : सुरेन्द्र पाण्डे

     नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको...

संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...