कांग्रेसले अझै दुःख दिन सक्छ भन्दै संसदीय दलको बैठकमा सुवास नेम्वाङले यसरी गरे ब्रिफिङ



चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिन लामो अनशन बसेका डाक्टर गोविन्द केसीको भोक हड्ताल टुंग्याउन निर्णायक भूमिका खेलेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता सुवास नेम्वाङले कांग्रेसले ‘अझै दुःख दिनसक्ने’ ब्रिफिङ संसीदय दलको बैठकमा गरेका छन् ।

संसदीय दलका उपनेता नेम्वाङले केसी अनशनको निहुँमा कांग्रेसले दुवै सदन अवरुद्ध गरको भन्दै आफैँले प्रस्तुत गरेको विरोधको सूचनासमेत प्रस्तुत गर्न नदिएर सदनलाई अप्ठ्यारो पारेको धारणा राखे । “गोविन्द केसीसँग सहमति भइसकेपछि दुवै सदनको अवरोध हट्नुपर्ने हो,” नेम्वाङले सांसद्लाई बिफ्रिङ गरे, “तर कांग्रेसको भर छैन ।”
सदन र सडक दुवै अवरुद्ध गरेर कांग्रेसले सरकारलाई अप्ठ्यारो पार्न खोजेको उनको आशय थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्का नेता देव गुरूङले दलका नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक केसीसँगको सात बुँदे सहमतिको छोटकरीमा बिफ्रिङ गर्दै सात बुँदे सहमतिको मर्म र भावना अनुरूपै विधेयक अघि बढ्न सांसद्लाई निर्देशन दिएको जानकारी दिए ।

त्यस्तै उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालले पनि सात बुँदे सहमति गर्न पार्टीले खेलेको भूमिकाबारे प्रकाश पार्दै सहमतिको मर्मअनुरूप अघि बढ्न सांसद्हरूलाई निर्देशन दिए । चिकित्सक केसीसँगको सहमतिमा सांसद्ले सहयोग पुर्याउनुपर्ने उनको भनाइ छ ।

संसद्को बैठक आजै दिउँसो १ बजे बोलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका