शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको चेतावनी, सरकार भन्छ ढाड भाँच्छौ



हाम्रो इकोनोमि

 

नेपाल चिकित्सक संघले शुक्रबारदेखि सबै सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा अनसन नतोडिउनजेल सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

 

शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघको चेतावनी दिएको छ । सरकारले भने सेवा बन्द गरे भन्छ ढाड भाँच्छौ भन्ने गरेको छ ।

 

२७ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा.डा. गोविन्द केसीको मागमा सरकार गम्भिर नभएको भन्दै संघले उक्त निर्णय गरेको हो । साथै सरकार तथा सरोकारवालाहरुलाई यथासक्य चाँडो वार्ताका माध्यमबाट समस्या समाधान गर्न पनि संज्ञले आग्रह गरेको छ ।

 

डा. केसीले सरकारले संसदमा पेश गरेको मेडिकल शिक्षा सम्बन्धी विधेयक फिर्ता लिएर यसअघि केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनको आधारमा कानुन बनाउन माग गरेका छन् ।

 

सरकारले वार्ता टोली गठन गरेर डा. केसीका प्रतिनिधिसँग वार्ता गरेपनि मंगलबार रातिदेखि कुनै वार्ता भएको छैन । डा. केसीका प्रतिनिधि र टोलीबीच अनौपचारिक छलफलहरु भएपनि कुनै सहमति भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...