प्रधानमन्त्री ओलीले सिधै डा.केसीसँग वार्ता गर्ने, आजै वालुवाटारमा जुस खुवाउने तयारी



हाम्रो इकोनोमि

 

चिकित्सा शिक्षा सुधारका लागि २७ दिनदेखि आमरण अनशनमा रहेका डाक्टर गोविन्द केसी र सरकारबीचको वार्ता आज निष्कर्षमा पुग्ने संचावना रहेको छ । केही दिनयता संवादले रफ्तार त लिएपनि त्यसले मूर्तरुप दिन सकेकोथिएन । तर यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफै अग्रसरता देखाएपछि भने आज सकारात्मक संदेश आउला भन्ने आश सबैकमा पलाएको छ । अहिले चलिरहेको वार्ताबाट केही न केही त पक्कै आउछ आउछ प्रधानमन्त्री निकट स्रोतले भन्यो । अब डा. केसीको अनशन टोडिन्छ ।

बुधबार शिक्षा मन्त्रालयमा भएको वार्ता विफल भएपछि विवेकशील साझा र नेपाली कांग्रेसले वार्ता भाँडेको आरोप सरकार पक्षले लगायो । सामाजिक सञ्जालमा पनि कांग्रेस र विकेकशील साझाले वार्ता भाँडेको टिप्पणीहरु आइरहेका छन् । तर, कांग्रेस र विवेकशील साझा पार्टीले भने वार्तामा आफूहरुको संलग्नता नै नरहेको स्पष्ट पारेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले आफ्नो कर्तव्य पूरा नगर्नुको साटो सरकारले विपक्षीलाई आरोप लगाउनु दुःखको कुरा भएको बताए । “नेपाली कांग्रेसले सरकार र गोविन्द पक्षबीचको वार्ता भाँडेको छैन । नदिने बोजु आइतबार बार्छिन् भन्नेजस्तो सरकारले गरेको छ । यो कति दुब्लो सरकार रहेछ, दुई तिहाइको जगमा बनेको भन्ने अनि केसीसँगको वार्ता सफल गराउने कर्तव्य पूरा नगरेर विपक्षीले भाँड्यो भन्ने रु योभन्दा गैरजिम्मेवार जवाफ के हुन्छ रु” शर्माले प्रश्न गरे, “कांग्रेसले बिगार्दा बिग्रने, भत्काउँदा भत्किने कस्तो सरकार हो यो रु” हिजो आफूहरुले गरेको सहमति पालना गर्न सरकारलाई उनले आग्रहसमेत गरे ।

बम
“कांग्रेस सरकारमा हुँदा नै उक्त अध्यादेश जारी भएको थियो । माथेमा आयोग बनाउँदा सुशील कोइरालाको पालामा एमाले पनि थियो । अध्यादेश जारी गर्ने बेलामा शेरबहादुर देउवाको सरकारमा तत्कालीन माओवादी पनि थियो । अहिले यी दुवै पार्टी एकै ठाउँमा छन् । हिजो आफूले गरेको सहमति पूरा गर्नुपर्छ, “शर्माले थपे ।

विवेकशील साझा पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले पनि केसी र सरकारबीचको वार्ता आफूहरुले नभाँडेको बताए । “हामीले वार्ता भाँडेको छैन । केसी पक्षको वार्ता टोलीमा ओमप्रकाश अर्याल हाम्रो पार्टी गठन हुनुभन्दा पनि पहिले नै हुनुहुन्थ्यो । हाम्रो पार्टीले वार्तामा प्रतिनिधि खटाउने कुरै भएन । वार्तामा पार्टीको कुनै संलग्नता छैन । चिकित्सा शिक्षा विपन्नले पनि पाउन्, विकृती हटोस् भन्ने महत्वको एजेन्डामा हाम्रो ऐक्यवद्धतामात्र हो ।” डा। केसीका मागमा आफ्नो पार्टीको संस्थागत समर्थन नभएको उनले प्रष्ट्याए ।

“सडकमा भएको हाम्रो समर्थन पार्टीको संस्थागत समर्थन होइन, हाम्रो पार्टीका सदस्यहरुको व्यक्तिगत तहको समर्थन हो किनभने सत्याग्रह जस्तो पवित्र कुरामा एउटा राजनीतिक पार्टीको प्रत्यक्ष संलग्नता भयो भने त्यसको पवित्रतामा आँच पुग्ने कुरामा हामी सचेत छौं,” आचार्यले भने, “केसीको मुद्दामा हाम्रो समर्थन हुँदाहुँदै पनि उहाँको सत्याग्रह र अभियानमा पार्टीलाई स्पष्टसँग एउटा दूरीमा राखेका छौं ।”

प्रतिक्रिया दिनुहोस
असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...

आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...